नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई जुत्ताले हान्ने भन्दै फेसबुक पोष्ट गरेको आरोपमा प्रहरीले तुलसीपुर उपमनपा–३ का ५२ वर्षीय यज्ञबहादुर बुढालाई वैशाख २४ गते गिरफ्तार गरेको छ ।
आरोपितले वैशाख २३ गते फेसबुक पेजमा “हिजो सकेनन् चितवनवासीले, मेरी छोरीले चुनाव हारे देश दुर्घटनामा जान्छ भन्ने प्रचण्ड दाङ आए जुत्ता म हान्छु । ”भन्दै पोष्ट गर्नु भएको थियो ।
प्रहरीले बुढालाई गिरफ्तार गरी इलाका प्रहरी कार्यालय तुलसीपुरमा राखेको छ । बुढा नेकपा माओवादी केन्द्रका जिल्ला स्तरीय पूर्व नेता हुनुन्थ्यो । उहाँले पार्टी परित्याग गरेपछि हाम्रो पहिचान डट कम नामक अनलाइनको प्रकाशक भएर काम गरिरहनु भएको छ ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी श्यामु अर्यालले बुढालाई गिरफ्तार गरि राखिएको तर मुद्दा चलाउने कि रिहा गर्ने भन्ने विषयमा केही बताउन चाहनु भएन ।
प्रहरी हिरासतमा रहेका बुढाले इन्सेक प्रतिनिधिसँगको कुराकानीमा आफू हिरासतमा रहेको २४ घण्टासम्म रिहा नगरेको बताउनु भयो ।