कपिलवस्तु नगरपालिका– १० का वडा सदस्यका उम्मेदवार ३७ वर्षीय राजेन्द्र थारु चौधरीको उपचारको क्रममा वैशाख २४ गते भैरहवा मेडिकल कलेजमा मृत्यु भएको छ ।
मृत्यु पछि उनकी पत्नी ३६ वर्षीया निर्मला चौधरी थारुलाई वडा सदस्यका पदकालागि वैशाख २५ गते मनोनयन दर्ता गरिएको छ ।
नेकपा माओवादी केन्द्रको तर्फबाट खुला तर्फ वडा सदस्यको उम्मेदवार बनेका चौधमनोारी वैशाख १९ गते घरदैलो अभियान सके पछि राति अचानक भएका थिए । उनलाई उपचारकालागि भैरहवास्थित युनिभर्सल मेडीकल कलेजमा लगिएको थियो ।
मृत्यु भएको बिषयमा निर्वाचन आयोगमा वैशाख २४ गते जानकारी गराइएको मुख्य निर्वाचन अधिकृत तेजेन्द्रप्रसाद शर्माले बताउनु भयो ।
निर्वाचन आयोगको आदेश पछि उक्त पार्टीलाई वडा सदस्य पदमा उम्मेदवारी दिनकालागि दिइएको समय अनुसार पार्टीले मृतककी पत्नीको नाम दर्ता गराएको मुख्य निर्वाचन अधिकृत शर्माले बताउनु भयो ।