INSEC Online

📅 २०८३ जेष्ठ २१

निर्वाचन आचारसंहिता विपरीत पाँच पत्रकार सङ्गठनद्वारा सत्तारुढ गठबन्धनको पक्षमा भोट अपिल

निर्वाचन आचारसंहिता विपरीत पाँच पत्रकार सङ्गठनले मतदाताको  भुलले देश फेरि द्वन्द्व र अस्थिरताको भुमरीमा जान सक्ने चेतावनी दिँदै सत्तारुढ गठबन्धनको पक्षमा भोट दिन आम मतदाता समक्ष अपिल जारी गरेका छन् ।

वैशाख २४ गते एक संयुक्त विज्ञप्ति जारी गर्दै नेपाल प्रेस युनियन, प्रेस सेन्टर नेपाल, समाजवादी प्रेस सङ्गठन, प्रेस मञ्च नेपाल र प्रगतिशील पत्रकार सङ्घ नेपालले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा स्पष्ट रूपमा  सत्तारुढ पाँच दलिय गठबन्धनका उम्मेदवारलाई मत दिई विजयी बनाउन अपिल जारी गरेका हुन्  ।

सत्तारुढ गठबन्धनसँग आबद्ध पाँच प्रेस सङ्गठनद्वारा जारी अपिलमा लेखिएको छ  ‘हामी संविधान, लोकतन्त्र र परिवर्तनको पक्षधर हुनुको नाताले देशमा राष्ट्रिय एकता कायम गर्न, संविधानको रक्षा गर्न, परिवर्तनको एजेन्डालाई संस्थागत गर्न, पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूति गर्न र कानुनी राज्यको पालना गरी  लोकतन्त्रको वास्तविक अभ्यास गर्नका लागि आफ्नो स्वतन्त्र बिबेक प्रयोग गरी बाम–लोकतान्त्रिक गठबन्धनको पक्षमा मतदान गर्न आम नेपाली मतदाताहरूमा हार्दिक अपिल गर्दछौं ।’

स्थानीय तह निर्वाचन आचारसंहिता २०७८ को परिच्छेद २२ को बुंदा (क) देखि ट सम्म  सञ्चार प्रतिष्ठान, सम्बद्ध कर्मचारी र पत्रकारले पालना गर्नुपर्ने आचरण लेखिएको छ जसमा कुनै राजनीतिक दल वा उम्मेदवारको  पक्ष वा विपक्षमा समाचार प्रशारण वा प्रकाशन गर्न नहुने लगायतका आचरण उल्लेख छन्  ।

press organizations Apeal_for voting running government alliance

अन्य

भिडियो