पूर्वमन्त्री एवम् नेपाली कांग्रेसका नेता मोहमद आफ्ताव आलमलाई थुनामै राखेर जिल्ला अदालत रौतहटमा विचराधीन ज्यान मुद्दा अघि बढाउन सर्वोच्च अदालतले आदेश दिएको छ ।
कांग्रेस सांसद एवम् पूर्वमन्त्री आलमलाई थुनामै राखेर मुद्दाको कारवाही अघि बढाउनुपर्ने भनी जिल्ला अदालत रौटहटले गरेको आदेशलाई सर्वोच्च अदालतले सदर गरेको हो ।
आफूलाई सामान्य तारिख वा धरौटीमा छाड्नुपर्ने भनी आलमले गरेको दावीलाई सर्वोच्च अदालतले अस्वीकार गरेको छ ।
न्यायाधीशहरू सुष्मालता माथेमा र नहकुल सुवेदीको इजलासले यस्तो आदेश गरेको हो ।
पहिलो संविधानसभा निर्वाचनको संघारमा बम विस्फोट र त्यसका घाइतेहरूको सामूहिक हत्या गरेको आरोप लागेका कांग्रेस सांसद एवम् पूर्वमन्त्री आलमलाई जिल्ला अदालत रौटहटले ०७६ कात्तिक २९ गते पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।
‘तत्काल प्राप्त प्रमाणहरूको अवलोकन र अध्ययनबाट यी प्रतिवादी अहिले नै निर्दोष रहेछन् भन्न सक्ने अवस्था देखिएन ।’-आदेशमा भनिएको छ-‘पछि ठहरे बमोजिम हुने हुँदा हाललाई पुर्पक्षका लागि थुनामा राख्न कारागार कार्यालय गौर पठाइदिनु ।’
जिल्लाको आदेश विरुद्ध आलमले दिएको निवेदन उच्च अदालतले पनि अस्वीकार गरेको थियो ।
सम्बन्धित समाचार
आलमका आफन्तबाट बदला लिने धम्की दिएको पीडित पक्षको आरोप
‘आलमलाई जेलबाट छुटाउन लागिरहनेछु’-कांग्रेस सभापति देउवा
पुर्व मन्त्री एवम् निलम्बित सांसद अफ्ताव आलम पुर्पक्षका लागि जेल चलान
१२ वर्षपछि न्याय पाउने आशामा रौतहट घटनाका पीडित परिवार
कानुनी शासनप्रति आशा जागेको छः इन्सेक
बम विष्फोट र हत्या घटनाको आरोप लागेका सांसद मोहमद अफताव आलम निलम्बित
बम विष्फोट र हत्या घटनाको आरोपमा सांसद मोहमद अफताव आलम गिरफ्तार
इन्सेकले जारी गरेको प्रेस विज्ञप्ति पढ्न यहाँ क्लिक गर्नुहोला
प्रतिवेदन पढ्न यहाँ क्लिक गर्नुहोला