जिल्लास्थित विभिन्न विद्यालयमा अध्यापन गदराउँदै आउनु भएका शिक्षकहरुरुले निर्वाचन आचारसंहिता विपरीतका निर्वाचन गतिविधिहरुमा संलग्न भएको पाइएको छ ।
दशरथचन्द नगरपालिका–७ सुर्कालमा वैशाख २१ गते नेपाली कांगे्रसले आयोजना गरेको चुनावी सभा तथा प्रचार प्रसारमा शिक्षकहरु सहभागि भएको पाइएको हो ।
केदारेस्वर माद्यमिक विद्यालयमा अध्यापन गराउँदै आउनु भएका माहादेव बडु, केदारशीला माध्यमिक विद्यालयका शिक्षक बल्देब बडु र कैलपालेश्वर माध्यमिक विद्यालयका शिक्षक देवदत्त बडु लगायतका स्थानीय शिक्षकहरु कांगे्रसको चुनावी सभा र प्रचारप्रसारमा सहभागि हुनु भएको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
माहादेव बडु निमावी तहका स्थायी शिक्षक हुन भने बल्देब बडु करारका शिक्षक हुन् । बल्देब बडुकी पत्नी नेपाली कांग्रेसबाट वडासदस्यका उम्मेदवार हुन भने महादेव बडुका दाई सोही पार्टीबाट वडासदस्यका उम्मेदवार बन्नु भएको छ ।
विद्यार्थीलाई पढाउनु पर्ने शिक्षकहरु प्रत्यक्ष राजनीति गर्न थालेकाले विद्यार्थीको भविश्य के हुने भन्ने चिन्ता बढ्न थालेको स्थानीय केसब बडुले बताउनु भयो ।
उहाँले भन्नु भयो– ‘उहाँहरु शिक्षक हुन या पार्टीका कार्यकर्ता छुट्याउनै मुस्किल छ ।’
शिक्षकहरुले खुलेआम आचारसंहिता उल्लङ्घन गरेर दलको चुनावी प्रचार गरिरहेको भएपनि आचासंहिताको अनुगमन र कार्वाही गर्ने निकाय भने मौन रहेको पाइएको छ ।
प्रखुम निर्वाचन अधिकृत तिलक कार्कीले शिक्षकहरुले आचारसंहिता विपरीत कार्यहरुमा संलग्न भएको भन्ने कहि कतैबाट उजुरी नपरेको र निर्वाचन आचारसंहिता विपरीत कार्यमा संलग्न भएको भन्ने उजुरी आएको खण्डमा कार्वाही प्रक्रिया अगाडि बढाउने बताउनु भयो ।
