INSEC Online

📅 २०८३ जेष्ठ २१

सदरमुकामदेखि टाढा रहेका मतदान केन्द्रका कर्मचारीले मतपत्र बुझे

सदरमुकामदेखि टाढा रहेका जिल्लाका ६ मतदान केन्द्रमा खटिने कर्मचारी मतदान स्थलतर्फ वैशाख २२ गते प्रस्थान गरेका छन् । पैदल हिडेर जानुपर्ने यी मतदान स्थलमा पुग्न तीनदेखि चार दिन लाग्दछ ।

सदरमुकामदेखि ताँजाकोट र चंखेली पुग्न चार दिन, अदानचुली र नाम्खा पुग्न तीन दिन लाग्दछ भने सर्केगाड पुग्न दुई दिन लाग्छ ।

सदरमुकामबाट टाढा रहेका र पैदल हिडेर जानुपर्ने जिल्लाका ६ वटा मतदान अधिकृतहरूले मतपत्र बुझेर लगेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक मुख्य निर्वाचन अधिकृत पूर्णबहादुर केसीले जानकारी दिनु भयो ।

ताँजाकोट गाउँपालिकाको कैलास आधारभुत विद्यालय मतदान केन्द्र, अदानचुली गाउँपालिकाको क्षेत्रपाल मतदान केन्द्र, नाम्खा गाउँपालिकाको खासरपानी मतदान केन्द्र, चंखेली गाउँपालिकाको रारा आधारभुत विद्यालय मतदान केन्द्र, सर्केगाड गाउँपालिकाको भवानी आधारभुत विद्यालय मतदान केन्द्र र चंखेली गाउँपालिकाको डाँफे आधारभुत विद्यालय नेप्का मतदान केन्द्रका अधिकृतहरूले मतपत्र बुझेर लगेको मुख्य निर्वाचन अधिकृत जगतबहादुर पौडेलले बताउनु भएको छ ।

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा खटिने सिमकोट गाउँपालिका र खार्पुनाथ गाउँपालिकाका केही मतदान केन्द्रमा खटिने कर्मचारी बाहेक अन्य गाउँपालिकामा खटिने कर्मचारीले नियुक्ती पत्र बुझि सकेको र केहीले मतपत्र पनि बुझि सकेका छन् । त्यसै गरी ५ सय भन्दा कम मतदाता भएको केन्द्रमा चार जना र ५ सय भन्दा बढी मतदाता भएको मतदान केन्द्रमा पाँच जना कर्मचारी खटिने छन् । मतदान अधिकृत, सहायक मतदान अधिकृत र कार्यालय सहयोगीले मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट नियुक्ती बुझेका छन भने सहायक कर्मचारीले सम्बन्धित गाउँपालिकाको निर्वाचन अधिकृतको कार्यालयबाट नियुक्ती बुझ्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

अन्य

भिडियो