माडी गाउपालिका –३ तालाबाङमा नेकपा माओवादी केन्द्र, नेकपा समाजबादी र नेपाली कांग्रेस, नेकपा एमालेका कार्यकर्ताबिच वैशाख २१ गते झडप भएको छ ।
झडपमा माडी गाउपालिका –३ बाट नेपाली कांग्रेस उम्मेदवार ३८ वर्षीय निमबहादुर डाँगी र नेकपा माओवादी केन्द्रका २८ वर्षीय किरण वुढा, ३२ समिर घर्ती घाइते भएका छन ।
टाउकोमा चोट लागेको डाँगीको अवस्था सामान्य रहेको र उपचारकालागि दाङको तुलसीपुर पठाइएको जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर थमन जिसीले बताउनु भयो । बुढा र घर्तीको स्थानीय मेडिकलमा समान्य पचार पछि घर फर्केका छन् ।
तालाबाङको बजारमा चुनावी सभाको कार्यक्रम सकेर फर्कने क्रममा झडप भएको हो । नेपाली कांग्रेस नेकपा एमाले र स्वतन्त्रको गठबन्धनले कार्यक्रम सकेर फर्किदै गर्दा नेकपा माओवादी केन्द्र र नेकपा समाजवादीका युवाहरूले एक्कासी वडा अध्यक्षका उमेदवार को हो भन्दै डाँगीलाई फलामको रडले प्रहार गरि घाइते बनाएको नेपाली कांग्रेस क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति गोपाल घर्तीले बताउनु भयो ।
साझ ७ बजे तिर करिब २०–२२ जनाको समूहमा रहेका वाइसिएलका युवाहरूले अक्रमण गरेको नेकपा एमालेबाट नेपाली काग्रेस, नेकपा एमाले र स्वतन्त्रको साझा उम्मेदवार बन्नु भएका विजय घर्तीले बताउन भयो ।
आफ्ना युवाहरूमाथि आक्रमण गर्न आएपछि त्यसको प्रतिकार गरेको नेकपा माओवादी केन्द्र माडी गाउँपालिका सचिव विरबहादुर घर्तीले बताउनु भयो । माडी गाउँपालिकामा नेकपा माओवादी केन्द्र र नेकपा समाजवादीबाट अमरसिंह घर्ती र नेपाली कांग्रेस नेकपा एमाले र स्वतन्त्रबाट विजय घर्ती गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी रहनु भएको छ ।