INSEC Online

📅 २०८३ जेष्ठ २१

स्वास्थ्यकर्मीमाथि हातपात घटनाका आरोपित गिरफ्तार

सिदिङ्मा गाउँपालिकामा कार्यरत २८ वर्षीया अनमी पुजन राईलाई वैशाख १८ गते हातपात गरेको आरोपमा प्रहरीले सिदिङ्मा गाउँपालिका–४ साब्लाखुका २२ वर्षीय सन्दीप इदिङ्गो लिम्बूलाई वैशाख १९ गते गिरफ्तार गरेको छ ।

झापा, गौरीगञ्ज गाउँपालिका–१ स्थायी घर भई गाउँपालिका केन्द्र साब्लाखुस्थित स्वास्थ्य केन्द्रमा बसीरहेको अवस्थामा गालीगलौजसहित कुटपिट गरेको आरोपमा प्रहरीले लिम्बूलाई गिरफ्तार गरेको प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले बताउनु भयो ।

गाउँपालिकाका कर्मचारीले वैशाख १९ गते प्रेस विज्ञप्ति जारी गरेर दोषीलाई कारबाही गर्न माग गरेका छन् ।

गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रूद्र वेघाले स्वास्थ्यकर्मीलाई विना कारण आक्रमण गरेकाले दोषीलाई कारबाही गर्न माग गर्दै विज्ञप्ति जारी गरेको बताउनु भयो ।

पीडित राईले आरोपितविरूद्ध वैशाख १९ गते साब्लाखु प्रहरी कार्यालयमा लिखित उजुरी दिनु भएको छ ।

पीडितले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा भन्नुभयो “म डेरा बसेको घरमा खाना खाने तयारीमा थिए । एक्कासी मेरो गालामा दुई थप्पड हिर्कायो । त्यसपछि कता गयो थाहा पाईँन् ।”

मानव अधिकार रक्षकसम्बन्धी घोषणापत्र सन १९९८ ले स्वास्थ्यकर्मीलाई मानव अधिकार रक्षकका रुपमा परिभाषित गरेको छ ।

photo 20220402 taplejung

अन्य

भिडियो