स्थानीय तहकाे निर्वाचनको मिति नजिकिँदै गर्दा आचारसंहिता उल्लङ्घनका घटनाहरू समेत बढ्दै गएको छ ।
चुनाव प्रचारमा प्रयोग गर्न नपाइने भनिएको बालबालिका नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले प्रयोग गरेको छ ।
बालबालिकालाई टाउकोमा झण्डा बाँधेर चुनाव प्रचारमा पठाइएको फोटो इन्सेकलाई प्राप्त भएको छ ।
पार्टी कार्यकर्ताले चुनाव प्रचारका क्रममा धेरै ठूला झण्डाहरूको प्रयोग गरेको देखिएको छ ।
नेपाली कांग्रेसले निलकण्डमा चुनाव प्रचारको क्रममा ठूला झण्डाहरू प्रयोग गरेको छ ।
यसैगरी स्वतन्त्र उम्मेदवारहरूले ठूला चुनाव चिह्न बनाएर झण्डाको रूपमा प्रयोग भएको धादिङबजारमा भेटिएको छ ।
यस्तै राप्रपाले गल्छीमा फ्लेक्स व्यानर प्रयोग गरेर चुनाव प्रचार गरिरहेको छ ।
फ्लेक्स प्रयोग गर्न हुँदैन भनेर आचारसंहितामा उल्लेख गरेको भएपनि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा समाजवादी, नेकपा एमालेले सबैले फ्लेक्स प्रयोग गरेको फेला परेको छ । फ्लेक्समा उम्मेदवारहरूको फोटो समेत छापेर प्रचार गरिएको छ ।