भिमदत्त नगरपालिका–१९ बागफाँटामा नेकपा माओवादी केन्द्र र नेकपा एमालेका कार्यकर्ताहरुबिच वैशाख २१ गते झडप हुँदा नेकपा एमालेका दुई जना कार्यकर्ता घाइते भएका छन् ।
भिमदत्त नगरपालिका–१९ बागफाँटा निवासी नेकपा एमालेका कार्यकर्ता ३२ वर्षीया अन्जु चौधरी र सोही ठाउँका ४० वर्षीय राजेन्द्रप्रसाद अवस्थी रहेका छन् ।
माओवादीका कार्यकर्ताहरुले कुटपिट गर्दा अन्जु र अवस्थीको टाउँको र छातीमा चोक लागेको नेकपा एमाले कञ्चनपुर जिल्ला उपसचिव कर्णबहादुर चन्दले बताउनु भयो ।
चुनाव प्रचारप्रसारको क्रममा माओवादी केन्द्रका विरेन्द्र चन्द र रघुुविर धामी लगायतका एमाले कार्याकर्ताहरुले आफूहरुमाथि आक्रमण गरी कुटपिट गरेको आक्रमणबाट घाइते हुनु भएका राजेन्द्र अवस्थीले बताउनु भयो ।
कुटपिट घटनामा संलग्नहरुलाई कार्वाहीको माग राखेर बागफाँटा प्रहरी चौकीमा उजुरी दिएको एमालेका उपसचिव चन्दले बताउनु भयो ।
कुटपिटबाट घाइते भएकाहरुको महाकाली अस्पतालमा प्राथमिक उपचार भइरहेको भएपनि चौधरीको टाउकोमा चोट लागेकोले उहाँलाई धनगढी रिफर गर्ने तयारी भइरहेको छ ।
बागफाँटामा नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरुको र्याली भइरहेको अवस्थामा एमालेका कार्यकर्ता पुगेपछि विबाद उत्पन्न भएर झडप भएको बागफाँटा प्रहरी चौकीका इन्चार्ज विरेन्द्र पुजाराले बताउनु भयो ।
घटनामा संलग्न दुबै पक्षले प्रहरीमा उजुरी दिएकोले दुबै पक्षलाई बोलाएर छलफल गरिने जिल्ला प्रहरी कार्यालयका डिएसपी चक्र शाहीले बताउनु भयो ।

