स्थानीय तहको निर्वाचन हुने दिन नजिकिदै जादा राजनीतिक दलहरूले आचारसंहिता विपरित चुनावी प्रचार प्रसारमा बालबालिकाको प्रयोग गरेको पाइएको छ ।
शारदा नगरपालिका–१० मा नेकपा एमालेबाट वडा अध्यक्षको उम्मेदवारी दिएका कृष्ण बहादुर बोहरा नेतृत्वको प्रचारप्रसारमा बालबालिकाको प्रयोग भएको पाइएको हो ।
निर्वाचन आचारसंहिता, २०७८ को परिच्छेद ४ को दफा १२ को उपदफा (ट) मा निर्वाचन प्रचार प्रसार, आमसभा तथा जुलसमा १८ वर्ष उमेर पुरा नभएका बालबालिकाको प्रयोग गर्न वा गराउन नहुने उल्लेख छ ।
केहि दिनअघि जिल्ला प्रशासन कार्यालयमा जिल्लास्थित राजनीतिक दलहरूले निर्वाचनमा बालबालिकाको प्रयोग नगर्ने प्रतिबद्धता जनाएपनि केही राजनीतिक दलले भने आचारसंहित उल्लघङ्न गरेको पाइएको छ ।