INSEC Online

📅 २०८३ जेष्ठ २१

निर्वाचन आचारसंहिता उल्लङ्घन घटनाका आरोपित विरुद्ध उजुरी

निर्वाचन आचारसंहिताको उल्लङ्घन गरेको भन्दै सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री गोबिन्द बोहरा विरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ ।

मन्त्री बोहराले नेपाली कांग्रेस, डडेल्धुराले आयोजना गरेको चुनावी आमसभामा सहभागिता जनाएको भन्दै उजुरी परेको हो ।

photo20220503dadeldhura (2)

स्थानीय तह निर्वाचन २०७९ प्रायोजनका लागि जारी भएको आचारसंहिताको परिच्छेद ३ मा पदाधिकारी, कर्मचारी तथा निकायले पालना गर्नु पर्ने प्रावधान अन्तर्गत नेपाल सरकार, प्रदेश सरकार, मन्त्री, स्थानीय कार्यपालिका तथा पदाधिकारीले पालना गर्नु पर्ने आचरणमा कुनै पनि राजनीतिक दल वा उम्मेदवारको पक्ष विपक्षमा प्रचारप्रसारमा सङ्लग्न हुन वा प्रचार प्रसार गर्न नहुने व्यवस्था रहेको छ ।

सोही बुँदाको अवज्ञा गरेको भन्दै सर्वसाधारणले दिएको तस्बिर र भिडिओ सहितको प्रमाणका आधारमा मन्त्री बोहरा विरुद्ध उजुरी दर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय, डडेल्धुराले जनाएको छ ।

उजुरी दर्ताका सम्बन्धमा आवश्यक निर्णय गरी सम्बन्धित निकायमा सूचना पठाइसकेको र छानविनको प्रकृयामा रहेको मुख्य निर्वाचन अधिकृत हरिप्रसाद शर्मा पंगेनीले बताउनु भयो ।

Complain latter20220503dadeldhura

अन्य

भिडियो