INSEC Online

📅 २०८३ जेष्ठ २१

स्थानीय तह निर्वाचन २०७९ मा संलग्न पर्यवेक्षकहरूका लागि अभिमूखीकरण सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले आगामी वैशाख ३० गते स्थानीय तह निर्वाचन २०७९ पर्यवेक्षकहरूका लागि काठमाडौँमा वैशाख १९ गते एक दिने अभिमूखीकरण तालिम सञ्चालन गरेको छ ।

कार्यक्रममा स्वागत गर्दै इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले स्वच्छ निर्वाचनका लागि पर्यवेक्षकले स्वतन्त्र र निश्पक्ष भूमिका निर्वाह गर्नु पर्ने बताउनु भयो ।

कार्यक्रममा बोल्दै इन्सेकका अध्यक्ष डा. इन्दिरा श्रेष्ठले निर्वाचन पर्यवेक्षकहरूले निर्वाचनका क्रममा हुने आचारसंहिता उल्लङ्घनका घटनालाई सुक्ष्म रूपले अनुगमन गर्दै अभिलेखीकरण गर्नुपर्ने उल्लेख गर्नुभयो ।

निर्वाचनलाई स्वच्छ, स्वतत्र, भयरहित र मर्यादित बनाउन पर्यवेक्षकहरूको अहम् भूमिका रहने भएकाले उहाँले पर्यर्यवेक्षहरूले निष्पक्षरूपले पर्यवेक्षण गर्नुपर्ने र सबैसँग अनुशासित र सुमधुर सम्बध कायम गर्नुपर्ने बताउनुभयो ।

इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले इन्सेकले देशका ७७ जिल्लाका २ सय भन्दा बढी स्थानीय तहको निर्वाचनको पर्यवेक्षण गर्ने जानकारी दिनु भयो ।

उहाँले २ सय भन्दा बढी पर्यवेक्षक इन्सेकले स्थानीय निर्वाचन २०७९ को पर्यवेक्षणका लागि परिचालन गरेको र इन्सेकको विश्वासनीयता कायम राख्न पर्यवेक्षक निर्वाचन आचारसंहितको पूर्ण पालना गर्न निर्देशन दिनु भयो ।

निर्वाचन आचारसंहिता, निर्वाचनमा इन्सेकसम्बद्ध पर्यवेक्षकहरूको काम कर्तव्य र अधिकारलगायतका विषयमा इन्सेक केन्द्रीय कार्यालयका रमेशप्रसाद तिमल्सिना र आर्जु कार्कीले पर्यवेक्षणको अवधारणा, पर्यवेक्षकहरूको भूमिका तथा पर्यवेक्षणको महत्वलगायतका विषयमा सहजीकरण गर्नु भएको थियो ।

तालिममा काठमाडौँ, भक्तपुर र ललितपुर जिल्ला प्रतिनिधिका सहित उपत्यका भित्रका ६० जना पर्यवेक्षकको सहभागिता रहेको थियो ।

इन्सेकले देशभरमा २ सय ३० जना पर्यवेक्षकमार्फत स्थानीय तह निर्वाचनको पर्यवेक्षण गर्दैछ ।

Paryabekshan talim 1 Paryabekshyak talim 3

अन्य

भिडियो