INSEC Online

📅 २०८३ जेष्ठ २१

स्थानीय तह निर्वाचन २०७९ पर्यवेक्षकहरूका लागि अभिमूखीकरण

अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले वैशाख १६ गते स्थानीय तह निर्वाचन २०७९ पर्यवेक्षकहरूका लागि भर्चुअल माध्यमबाट अभिमूखीकरण तालिम सञ्चालन गरेको छ ।

कार्यक्रममा स्वागत गर्दै इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले स्वच्छ निर्वाचनका लागि पर्यवेक्षकले स्वतन्त्र र निश्पक्ष भूमिका निर्वाह गर्नु पर्ने बताउनु भयो ।

कार्यक्रममा इन्सेकका निर्देशक श्रीराम बजगाईँले निर्वाचनका क्रममा हुने आचारसंहिता उल्लङ्घनका घटनालाई अभिलेखमा राख्नु पर्ने बताउनु भयो ।

निर्वाचन आचारसंहिता, निर्वाचनमा इन्सेकसम्बद्ध पर्यवेक्षकहरूको काम कर्तव्य र अधिकारलगायतका विषयमा इन्सेक अनलाइनका सम्पादक रमेशप्रसाद तिमल्सिनाले सहजीकरण गर्नु भएको थियो ।

photo20220430kathmandu

इन्सेक केन्द्रीय कार्यालयकी अधिकृत आर्जु कार्कीले सहभागीहरूलाई पर्यवेक्षणको अवधारणा, पर्यवेक्षकहरूको भूमिका र पर्यवेक्षणको महत्वलगायतका विषयमा सहजीकरण गर्नु भएको थियो ।

विभिन्न तीन चरणमा गरी सातै प्रदेशका पर्यवेक्षकहरू तालिममा सहभागी भएका थिए । वैशाख १६ गते सञ्चालित तालिममा सातै प्रदेशका १ सय ७० पर्यवेक्षकको सहभागिता रहेको थियो ।

इन्सेकले देशभरमा २ सय ३० जना पर्यवेक्षकमार्फत स्थानीय तह निर्वाचनको पर्यवेक्षण गर्दैछ ।

इन्सेकले २०४८ सालमा सम्पन्न आम निर्वाचनदेखि यता भएका हरेक निर्वाचनको पर्यवेक्षण र अनुगमन गर्दै आएको छ । इन्सेकले निर्वाचन गतिविधि र समाचार अपडेटसहित इन्सेक अनलाइनमा निर्वाचन पेजसमेत सञ्चालनमा ल्याएको छ ।

photo20220430kathmandu

अन्य

भिडियो