INSEC Online

📅 २०८३ जेष्ठ २१

आमाछादिङमो गाउँपालिको लागि एमालेका अध्यक्षका उम्मेदवारको मनोनय दर्ता कायम

आमाछादिङमो गाउँपलिकामा नेकपा एमाले अध्यक्ष पदमा लागि दिएको मोनयन दर्ता वैशाख १४ गते कायम भएको निर्वाचन अधिकृत शान्तिप्रसाद लुइँटेलले बताउनु भएको छ ।

वैशाख १२ गते एउटै नेकपा एमालेबाट दुई जनाको उम्मेदवारी परेको भन्दै निर्वाचन कार्यालयले सोही दिन दुवै जनाको मनोनयन रद्द गरेको थियो ।

दुवै जनाको उम्मेदवारी रद्द भएसँगै एमाले कार्यकर्ताले एक जनाको मनोनयन कायम रहनु पर्ने भन्दै विरोध जनाएका थिए ।

निर्वाचन कार्यालयले निर्वाचन आयोगको परामर्समा नेकपा एमालेका तर्फबाट फुर्पुसिङ्गी तमाङको उम्मेदवारी दर्ता कायम राखिएको जनाएको हो ।

जिल्लाका पाँच ओटै स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार मनोनयन उपर दाबी बिरोध सुरु भएको छ ।

नौकुण्डमा १ सय १६, गोसाइकुण्ड ७४, कालिका १ सय १० उत्तरगया १ सय ९ र आमाछोदिङमो गाउँपालिकामा ८६ जनाको उम्मेदवारी परेको निर्वाचन कार्यालयले जनाएको छ ।

दाबी विरोध उपर वैशाख १५ गते छानबिन गरी सोही दिन अन्तिम नामावली प्रकाशन गरिने मुख्य निर्वाचन कार्यालयले जनाएको छ ।

अन्य

भिडियो