INSEC Online

📅 २०८३ जेष्ठ २१

बालबालिकाले राजनीतिक दललाई बुझाए ध्यानाकर्षण पत्र

स्थानीयतहको निर्वाचन २०७९ मा राजनीतिक दलले जारी गरेका अघिल्ला घोषणा पत्र भन्दा थप प्रगतिशिल र बालमैत्री बनाउन आग्रह सहित जिल्लाका राजनीतिक दललाई ०७९ वैशाख १३ गते  बालबालिकाहरूले ध्यानाकर्षण पत्र बुझाएका छन् ।

बालबालिकाको अधिकारहरू सुनिश्चित नभई सुखी नेपाली र समृद्ध नेपालको परिकल्पना गर्न नसकिने भन्दै निर्वाचन घोषणा पत्रमा बालबालिकाको सवालहरूलाई उच्च प्राथमिकतामा राख्न आग्रह गरिएको छ ।

उनीहरूले ध्यानाकर्षण पत्रमा मार्फत् बालबालिकामा गरिएको लगानी खर्च नभइ देश विकासको मेरुदण्ड भएकोले बालबालिकामा उचित लगानी हुने सुनिश्चितताका लागि आग्रह गरेका छन् ।

नेकपा एमालेकी केन्द्रीय सदस्य ता जिल्ला सह–इन्चार्ज उमा कोइराला, कमलामाई नगरपालिकामा नेकपा एमालेबाट उपमेयर पदको उम्मेदवार बन्नु भएकी मञ्जु देवकोटा, गठबन्धनबाट कमलामाई नगरपालिकाको मेयर पदका उम्मेदवार तथा नेपाली कांग्रेसका सभापति उपेन्द्र पोेख्रेल र गठबन्धनबाट गोलञ्जोर गाउँपालिकामा उपाध्यक्ष पदका उम्मेदवार बन्नु भएका माओवादी केन्द्रका नेता ज्वालाप्रसाद न्यौपानेलाई बालबालीकाले ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

PhotoSindhuli120790113 PhotoSindhuli220790113 PhotoSindhuli320790113

अन्य

भिडियो