स्थानीय तह निर्वाचन २०७९ को मनोनयन दर्ताको दास्रो दिन वैशाख १२ गते सुदूरपश्चिम प्रदेशका नौ जिल्लाका ८८ ओटा स्थानीय तहमा बिभिन्न दलहरुले शान्तिपूर्ण रुपमा उम्मेदवारी दर्ता गरेका भएपनि निर्वाचन आचारसंहिताको भने पूर्ण रुपमा कार्यान्वयन हुन नसकेको इन्सेक जिल्ला प्रतिनिधिहरुले जानकारी गराउनु भएको छ ।
निर्वाचन आचारसंहिता विपरित राजनीतिक दलहरुले वैशाख १२ गते मनोनयन दर्ताका दिन पार्टीको निर्वाचन चिन्ह्, झण्डा सहित नाराजुलस गरेको र मनोनयन दर्ताका क्रममा निकालिएका जुलुसहरुमा बालबालिकाहरुको समेत प्रयोग गरिएको इन्सेक प्रतिनिधिहरुले गरेको अनुगमनका क्रममा पाइयो ।
८ लाख ३१ हजार ४ सय ७० महिला र १८ जना अन्य गरी १६ लाख ३२ हजार १ सय ५० जना मतदाता रहेको सुदूरपश्चिम प्रदेशमा १ हजार १ सय ३५ मतदानस्थल र २ हजार १ सय ३ ओटा मतदान केन्द्र रहेको निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचन आयोगले हालसम्म प्रविष्ट गरेको मनोनयन दर्ताको सङ्ख्यात्मक विवरण अनुसार सुदूरपश्चिम प्रदेशमा २ सय ८ जना प्रमुख, १ सय ६४ जना उपप्रमुख, २ सय ४४ जना अध्यक्ष, १ सय ९४ जना उपाध्यक्ष, २ हजार ७ सय ४१ जना वडा अध्यक्ष, २ हजार ३७ जना महिला सदस्य, १ हजार ८ सय ९८ जना दलित महिला सदस्य र ४ हजार २ सय ७६ जना सदस्या गरी ११ हजार ७ सय ६२ जनाले मनोनयन दर्ता गरेका छन् ।
इन्सेक दार्चुला प्रतिनिधि नरेन्द्रसिंह कार्कीका अनुसार स्थानीय निर्वाचन २०७९ को मनोनयन दर्ताका क्रममा जिल्लास्थित राजनीतिक दलहरुले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको पाइएको छ ।
ठुला राजनीतिक दलमध्ये नेकपा एमाले र नेपाली कांग्रसेले मननोयन दर्ताका क्रममा महाकालि नगरपालिका र नौगाड गाउँपालिकामा बालबालिकाहरुलाई र्यालीमा सहभागि गराएको पाइएको छ भने निर्वाचन चिन्ह्हरुको व्यापक रुपमा प्रयोग गरिएको पाइएको छ ।

जिल्लामा गठबन्धन दलहरुले महिला उम्मेदवार छनौटमा समेत उपेक्षा गरेको छ । नौ ओटा स्थानीय तहमध्ये गठबन्धनले चार ओटा स्थानीय तहमा महिला उम्मेदवारलाई उपेक्षा गरेको हो । सत्तारुढ गठबन्धनमा रहेका नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच जिल्लामा गठबन्धन भएको हो ।
गठबन्धनको क्रममा नेपाली कांग्रेस पाँच स्थानीय तह प्रमुख तथा सात ओटा स्थानीय तहमा उपप्रमुख उम्मेदवार बनाउने सहमति गरेको छ भने नेकपा माओवादी केन्द्रले चार स्थानीय तहमा प्रमुख र दुई स्थानीय तहमा उपप्रमुख उम्मेदवार बनाएको छ । तर, गठबन्धन बनाएका मार्मा गाउँपालिका, नौगाड गाउँपालिका, मालिकार्जुन गाउँपालिका र व्याँस गाउँपालिकामा गठबन्धनले महिला उम्मेदवार बनाएको छैन् । मार्मा गाउँपालिकामा माओवादी केन्द्रबाट जमनसिह धामी अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसबाट उमेशबहादुर सिंह उम्मेदवार बनेका छन् ।

यसैगरी नौगाडमा माओवादी केन्द्रबाट दलजीतसिंह धामी अध्यक्ष तथा नेपाली कांग्रेसबाट जगतसिह ठगुन्ना उपाध्यक्ष, मालिकार्जुन गाउँपालिकामा अध्यक्षमा नेपाली कांग्रेसबाट नरेन्द्रसिह धामी र उपाध्यक्षमा माओवादी केन्द्रबाट कल्यानसिह धामी, व्याँस गाउँपालिकामा अध्यक्षमा नेपाली कांग्रेसबाट दिलिपसिंह बुढाथोकी अध्यक्ष र उपाध्यक्षमा माओवादी केन्द्रबाट बिनोदसिह कुँवर उम्मेदवार बनेका छन् । यी चार ओटा स्थानीय तहमा गठबन्धनले महिला उम्मेदवारलाई प्रमुख उपप्रमुखमा समेटेको छैन् ।
गठबन्धनले शैल्यशिखर नगरपालिकामा कांग्रेसबाट प्रमुखमा अमरसिह धामी, उपप्रमुखमा राजमति पाल, महाकाली नगरपालिकामा प्रमुखमा हंशराज भट्ट र उपप्रमुखमा सुना बोहरा उम्मेदवा बनेका छन् । लेकम गाउँपालिकामा अध्यक्षमा माओवादी केन्द्रका रामदत्त जोशी र उपाध्यक्षमा नेपाली कांग्रेसका सुना जोशी तथा दुहुँ गाउँपालिकामा अध्यक्षमा कांग्रेसका पुलेन्द्र कार्की र उपाध्यक्षमा कांग्रेसकै शान्ति बम उपाध्यक्षमा उम्मेदवार बनेका छन् ।

जिल्लामा कुल ८८ हजार २ सय ८५ जना मतदातामध्ये महिला मतदाता मात्रै ४३ हजार १ सय ७४ जना रहेका छन् । महिला मतदाता पुरुष हाराहारी हुँदा पनि गठबन्धनले महिला उम्मेदवार प्राथमिकता नदिएको भन्दै जिल्लाका अगुवा महिला भने नेतृत्वप्रति रुष्ट बनेका छन् ।
सबै स्थानीय तहमा उम्मेदवारी मनोनयन सम्पन्न
वैशाख ३० गते हुने स्थानीय तह निवार्चनको लागि दार्चुलाका सबै स्थानीय तहमा उम्मेदवारहरुले मनोनयन दर्ता भएको छ । जिल्लामा नेकपा एमाले, सत्तारुड गठबन्धन, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र स्वतन्त्रको तर्फबाट उम्मेदवारी दर्ता गरिएको छ ।
सदरमुकामस्थित महाकाली नगरपालिकामा एमालेबाट नगर प्रमुखमा नरसिंह चैसिर, उपप्रमुखमा दुर्गा बिष्टले उम्मेदवारी दर्ता गर्नु भएको छ । गठबन्धनकोतर्फबाट नगर प्रमुखमा नेपाली कांग्रेसका कांग्रेसका हंशराज भट्ट र उपप्रमुखमा कांग्रेसकै सुना बोहराले उम्मेदवारी मनोनयन दर्ता गरेका छन् ।
शैल्यशिखर नगरपालिकामा एमालेबाट नगरप्रमुखमा विजयसिंह धामी, उपप्रमुखमा शान्ति खडायत र गठबन्धनको तर्फबाट नगरप्रमुखमा कांग्रेसका अमरसिंह धामी र उपप्रमुखमा कांग्रेसकै राजमती पालको उम्मेदवारी मनोनयन दर्ता भएको छ ।

नौगाड गाउँपालिकामा एमालेकातर्फबाट अध्यक्षमा प्रेमसिंह धामी र उपाध्यक्षमा गौरीदेबी ठगुन्नाले उम्मेदवारी मनोनयन गराउनु भएको छ । गठबन्धनको तर्फबाट अध्यक्षमा माओबादीका दलजितसिंह धामी र उपाध्यक्षमा कांग्रेसका जगतसिंह ठगुन्नाको उम्मेदवारी मनोनयन दर्ता भएको छ ।
लेकम गाउँपालिकामा एमालेबाट अध्यक्षमा परमानन्द जोशी, उपाध्यक्षमा माधवी जोशी र गठबन्धनकोतर्फबाट अध्यक्षमा माओबादीका रामदत्त जोशी र उपाध्यक्षमा कांग्रेसका सुना जोशीले मनोनयन दर्ता गराउनु भएको छ ।
मालिकार्जुन गाउँपालिकामा एमालेबाट अध्यक्षमा हिरासिंह धामी, उपाध्यक्षमा गोमती भट्ट र गठबन्धनकोतर्फबाट अध्यक्षमा कांग्रेसका नरेन्द्रसिंह धामी र उपाध्यक्षमा माओबादी केन्द्रका कल्यानसिंह धामीले मनोनयन दर्ता गराउनु भएको छ ।
व्याँस गाउँपालिकामा एमालेकोतर्फबाट अध्यक्षमा मंगलसिंह धामी, उपाध्यक्षमा चन्द्रादेबी कुँवर र गठबन्धनकोतर्फबाट अध्यक्षमा कांग्रेसका दिलिपसिंह बुढाथोकी, उपाध्यक्षमा माओबादीका बिनोदसिंह कुवँरले मनोनयन दर्ता गराउनु भएको छ ।

दुहुँ गाउँपालिकामा एमालेबाट नरेन्द्र बडाल, उपाध्यक्षमा ताराकेशरी कुँवर र गठबन्धनकोतर्फबाट अध्यक्षमा कांग्रेसका पुलेन्द्रबहादुर कार्की, उपाध्यक्षमा शान्ति बमले मनोनयन दर्ता गराउनु भएको छ ।
यसैगरी दुहुँ गाउँपालिकामा नेकपा समाजवादीले अध्यक्षमा महादेव जोशी, राप्रपाबाट लालबहादुर कुँवर र स्वतन्त्र उम्मेदवार पुष्कर कार्कीले अध्यक्ष पदमा उम्मेदवारी मनोनयन दर्ता गरेको निर्वाचन अधिकृत बुद्धिलाल श्रेष्ठले जानकारी दिनु भयो ।
मार्मा गाउँपालिकामा एमालेबाट अध्यक्षमा देबसिंह महर, उपाध्यक्षमा राजु धामी र गठबन्धनकोतर्फबाट अध्यक्षमा माओबादीका जमनसिंह धामी, उपाध्यक्षमा कांग्रेसका सर्मीला सिंह, एकीकृत समाजवादीका इन्द्र विष्टले गाउँपालिका अध्यक्ष र वडा नम्बर ३ मा दुई ओटा वडा सदस्यको उम्मेदवारी दर्ता गरिएको छ ।
अपिहिमाल गाउँपालिकामा एमालेबाट अध्यक्षमा धर्मानन्द मन्याल, उपाध्यक्षमा उर्मीला बोहरा र गठबन्धनकातर्फबाट अध्यक्षमा भगतसिंह ठेकरे र उपाध्यक्षमा कांग्रेसका देबकी बोहराले मनोनयन दर्ता गरेका छन् ।
यसैगरी नेकपा एकीकृत समाजवादीले गाउँपालिका अध्यक्षमा कमलेश रोकाया, उपाध्यक्षमा रुकमति जागरीको उम्मेदवारी मनोनयन दर्ता गरेको छ । वडा नम्बर १ मा रमेश जागरी, वडा नम्बर २ मा जितसिह धामी, वडा नम्बर ३ मा गजेन्द्र बोहरा र वडा नम्बर ४ मा उदमलसिंह कार्कीको उम्मेदवारी दर्ता गरेको छ ।
इन्सेक डोटी प्रतिनिधि गणेश जोशीका अनुसार स्थानीय तह निर्वाचन २०७९ का लागि वैशाख १२ गते उम्मेदवारी दर्ताका क्रममा जिल्लास्थित राजनीतिक दलहरुले आचारसंहिता उल्लङ्घन गरेका छन । निर्वाचन आचारसंहिता २०७८ अनुसार निर्वाचनको क्रममा दलहरुले नाराजुलुस, दलहरुका झण्डा, बाजागाजा, निर्वाचन चिन्ह् र यातायातका साधनहरुको प्रयोग गर्न नपाइने उल्लेख गरिएको भएपनी वैशाख १२ गते मनोनयन दर्ताका दिन दलहरुले त्यसको उल्लङ्घन गरेको अनुगमनका क्रममा देखिएको छ । आचारसंहिता बिपरीत जिल्लाका विभिन्न स्थानीय तहमा मनोनयन दर्ताको क्रममा दलहरुले सयौँ झण्डा फरफराउँदै निर्धक्कका साथ जुलुस गरेको पाइएको छ ।

मनोनयन दर्ता गर्नु पूर्व बसेको सर्वदलिय बैठकमा आचारसंहिता उल्लङ्घन नगर्ने प्रतिबद्घता जनाएका दलहरुले मनोनयन दर्ताकै दिन आचारसंहिता उल्लङ्घन गरेको प्रमुख निर्वाचन अधिकृत बिदुर काफ्ले बताउनु भयो । उहाँले दलहरुले निर्वाचन आचारसंहिता अनिवार्य रुपमा पालना गनु पर्ने कुरामा जोड दिदै आइन्दा यस्तो भए निर्वाचन आयोग कडा रुपमा प्रस्तुत हुने बताउनु भयो । जिल्लामा नेकपा एमाले र नेपाली कांग्रेस एक्ला एक्लै चुनावमा भाग लिएका छन भने नेकपा मावबादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले जिल्लाभरी चुनावी तलमेल गरी निर्वाचनमा भाग लिएका छन् ।

इन्सेक कञ्चनपुर प्रतिनिधि लिली कुँवरका अनुसार स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले प्रदान गरेको मनोनयन दर्ताको पहिलो दिन वैशाख ११ गते जिल्लाका नौ स्थानीय तहका ९२ ओटा वडामा स्वतन्त्र र साना दलहरुका १ सय १२ जनाले मात्रै उम्मेदवारी दर्ता गरेको र वैशाख १२ गते जिल्लास्थित ठुला दलहरु नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकिृत समाजवादी, राप्रपा, जनमोर्चा सहितका दलहरुले मनोनयन दर्ता गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । ठुला राजनीतिक दलहरु अन्तिम चरणमा उम्मेदवारी दिन आएकोले राती अबेरसम्म पनि मनोनयन दर्ताको कार्य सम्पन्न हुन नसकेको मुख्य निर्वाचन अधिकृत मदनबहादुर धामीले बताउनु भयो ।

एमालेबाट भीमदत्त नगरपालिकामा प्रमुखमा महेश पन्त, उपप्रमुखमा भुवन केसी कुँवर, कांग्रेसबाट प्रमुखमा पदम बोगटी, उपप्रमुख निलम लेखक, नेकपा समाजवादी र एकीकृत माओवादी केन्द्रबाट प्रमुखमा राजेन्द्र पाण्डे, उपप्रमुखमा कृष्णदत्त जोशी (बोक्सर), राप्रपाबाट प्रमुखमा गजेन्द्रबहादुर चन्द र उपप्रमुखमा हेलनसिंह श्रेष्ठ, नेमकिपाबाट प्रमुखमा दलबहादुर बोहरा, उपप्रमुखमा कमला लुहार, मौलिक जिरोकिलो पार्टीबाट प्रमुखमा हरिदत्त जोशी र उपप्रमुखमा मनिसा धामी, जनता समाजवादीबाट प्रमुखमा मोहनबहादुर शाही र विवेकशील साझाबाट खगेन्द्र जोशी र उपप्रमुखमा ईश्वरी भट्ट, स्वतन्त्रबाट प्रमुखमा कोमलबहादुर सिंह, कल्याण ओझा, धनी चन्द ठकुरी, गुलाब औजी, रमेश दमाई र उपप्रमुखमा साजु नाथ, नितु भण्डारी भट्टले उम्मेदवारी दिएको मुख्य निर्वाचन अधिकृत धामीले बताउनु भयो ।
यसैगरी दोधाराचाँदनीको नगरपालिकामा एमालेबाट प्रमुखमा किशोर लिम्बु, उपप्रमुखमा खेमा चन्द, नेपाली कांग्रेसबाट प्रमुखमा गोपाल भट्ट, उपप्रमुखमा गंगादेवि जोशी, माओवादी केन्द्रकोबाट प्रमुखमा निरुदेवी कोली, उपप्रमुखमा भरत दत्त भट्टले उम्मेदवारी दर्ता गराएका छन ।

वेदकोट नगरपालिकामा एमालेबाट प्रमुखमा शुसिला सिंह र उपप्रमुखमा लक्ष्मण राना, कांग्रेसबाट प्रमुखमा भोजराज बोहरा र उपप्रमुखमा तुलसी जोशी, नेकपा समाजवादीबाट प्रमुखमा रामचन्द्र रेग्मी र उपप्रमुखमा माओवादीबाट हिरा जैसीले उम्मेदवारी दर्ता गरेका छन् ।
शुक्लाफाँटा नगरपालिकामा एमालेबाट प्रमुखमा रणबहादुर महरा उपप्रमुख, मोनिका भण्डारी, माओवादी केन्द्रबाट प्रमुखमा लोकबहादुर ऐरी र स्वतन्त्रबाट प्रमुखमा नवराज ऐर , कांग्रेसबाट प्रमुखमा चिन्तामणी भट्ट, उपप्रमुखमा कल्पनाकुमारी जोशी पन्त, जनमोर्चाबाट प्रमुखमा पृथ्वी केसी, उपप्रमुखमा कोपिला कार्कीले उम्मेदवारी दर्ता गरानु भएको छ ।
कृष्णपुर नगरपालिकामा एमालेबाट प्रमुखमा लोकेन्दप्रसाद्र पन्त, उपप्रमुखमा रमिता राना बडायक, माओवादी केन्द्रबाट प्रमुखमा जोगराज चौधरी, उपप्रमुख गिता मल्ल, नेकपा समाजवादीबाट प्रमुखमा सुरेन्द्र बम, उपप्रमुखमा मञ्जु नेपाली, कांग्रेसबाट प्रमुखमा हेमराज ओझा, उपप्रमुखमा दा्रेपती रानाले उम्मेदवारी दर्ता गराउनु भएको छ ।
लालझाँडी गाउँपालिकामा एमालेबाट अध्यक्षमा निर्मल राना, उपाध्यक्षमा सपना चौधरी, कांग्रेंसबाट अध्यक्षमा श्रीकृष्ण राना र उपाध्यक्षमा राधा राना, माओवादी केन्द्रबाट अध्यक्षमा मदनसेन बडायक, उपाध्यक्षमा सत्यादेवी महराले उम्मेदवारी दर्ता गराउनु भएको छ ।

बेलडाँडी गाउँपालिकामा माओवादी केन्द्रबाट अध्यक्षमा ईश्वरीदत्त भट्ट र उपाध्यक्षमा कल्पना गिरी, कंँग्रेसबाट अध्यक्षमा हरिशचन्द्र राना र उपाध्यक्षमा शान्ति नाथ, एमालेबाट अध्यक्षमा अक्कलबहादुर विष्ट र उपाध्यक्षमा फूलकुमारी राना, जनमोर्चाबाट अध्यक्षमा अहिमान थापा उपाध्यक्षमा रोशना थापाले उम्मेदवारी दर्ता गराउनु भएको छ ।
बेलौरी नगरपालिकामा एमालेबाट प्रमुखमा कमला बोहरा र उपप्रमुखमा जोगुराम चौधरी, कांग्रेसबाट प्रमुखमा हरेन्द्र विष्ट र उपप्रमुखमा खिना भण्डारी, माओवादी केन्द्रबाट प्रमुखमा पोतिलाल चौधरी र उपप्रमुखमा मञ्जु शाही, जनमोर्चाबाट प्रमुखमा रगबहादुर चौधरी र उपप्रमुखमा लक्ष्मी चौधरीले उम्मेदवारी दर्ता गराउनु भएको छ ।
पुनर्वास नगरपालिकामा समाजवादीबाट प्रमुखमा जिवनराज थापा, उपप्रमुखमा धोकेराना, कांग्रेसबाट प्रमुखमा तोय प्रशाद शर्मा, उपप्रमुखमा भुलिया राना, एमालेबाट प्रमुखमा पदम पुजारा र उपप्रमुखमा शुशिला खत्रीले उम्मेदवारी दर्ता गरेका छन् ।
जिल्लामा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीबिच मात्रै गठबन्धन गरिएको छ । नौ स्थानीय तह रहेको यस जिल्लामा माओवादी केन्द्रले पाँच र नेकपा समाजवादीले चार स्थानीय तहमा प्रमुख, ६ उपप्रमुख माओवादी र तीन उपप्रमुख समाजवादीले पाएको छ भने ९२ वडा मध्ये ५३ माओवादी केन्द्र र ३९ समाजवादीले पाएको छ ।

इन्सेक डडेल्धुरा प्रतिनिधि भूपेन्द्र विष्टका अनुसार आसन्न स्थानीय तहको निर्वाचनका लागि जिल्लामा उम्मेदवारी दर्ता शान्तिपूर्ण तवरबाट सम्पन्न भएको छ । जिल्लाका दुई नगरपालिका र पाँच गाउँपालिका गरी सात स्थानीय तहमा बिभिन्न राजनीतिक दलका प्रतिनिधिहरुले उम्मेदवारी दर्ता गराएका छन् । अमरगढी नगरपालिकामा कांग्रेसबाट प्रमुखमा डिल्लीराज जोशी र उपप्रमुखमा पार्वती झुकालले उम्मेदवारी दर्ता गराएका छन् । दुवैजना पुनः दोहोरिएका हुन् । यसअघिको चुवनामा एमालेका उम्मेदवारसँग जोशी र झुकाल पराजित भएका थिए । नेकपा एमाले र नेपाली कांग्रेस बिपी गठबन्धनबाट प्रमुखमा कांग्रेस बिपीका हरिप्रसाद भट्ट र उपप्रमुखमा एमालेका यज्ञराज अवस्थीको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृत हरिप्रसाद शर्मा पंगेनीले जानकारी दिनु भयो । यसैगरी नेकपा माओवादी केन्द्रबाट प्रमुखमा लक्ष्मण सिंह र उपप्रमुखमा शशी अवस्थी, नेकपा (एकीकृत समाजवादी)बाट प्रमुखमा संगिता भण्डारी र उपप्रमुखमा भुवन पाठक, राप्रपाबाट गोविन्द खडायत प्रमुखमा र उपप्रमुखमा कविता जोशीले मनोनयन दर्ता गराएका छन् । राष्ट्रिय जनमोर्चाबाट अमरगढीको मेयरमा पवन विष्टले मनोनयन दर्ता गराएका छन् । परशुराम नगरपालिकामा नेपाली कांग्रेसबाट प्रमुखमा भरत बडायर जोशी र उपप्रमुखमा कलावती बोहराको उम्मेदवारी परेको छ । २८ वर्षीय जोशीले पहिलो पटक मेयरमा उम्मेदवारी दिएका हुन । बोहरा भने दोहोरिएकी हुन् । यसअघिको चुवनामा परशुरामको मेयरमा भीमबहादुर साउद र उपमेयरमा बोहराले जितेकी थिइन् । नेकपा माओवादी केन्द्रबाट प्रमुखमा शेरसिंह माल ‘डायमण्ड’ र उपप्रमुखमा विमला महताले मनोनयन दर्ता गराएकी छिन् । माल यसअघिको चुनावमा पनि मेयरकी उम्मेदवार हुन् । तर, साउदसँग थोरै अन्तरले पाराजित हुनु भएको थियो । नेकपा एमालेबाट प्रमुखमा केशव बोहरा र उपप्रमुखमा गौमती पन्त, एकिकृत सामाजवादीबाट प्रमुखमा लालबहादुर दमाइ र उपप्रमुखमा कमला धामी, राष्ट्रिय जनमोर्चाबाट प्रमुखमा रघुवीर विक, राष्ट्रिय जनमोर्चा समवन्य समितिबाट प्रमुखमा लालबहादुर जाग्री र उपमेयरमा नेकपा विप्लव समूहबाट पूर्णिमा धामीले उम्मेदवारी दिएकी छन् । दुवै पार्टीले त्यहाँ वडासम्म तालमेल गरेका छन् । अजयमेरु गाउँपालिकामा नेपाली कांग्रेसबाट अध्यक्षमा टेकराज पाण्डेय, उपाध्यक्ष बसन्ती पाल, नेकपा एमालेबाट अध्यक्षमा पदम पाल, उपाध्यक्षमा नेपाली कांग्रेस बिपीबाट रामचन्द्र ऐर, नेकपा माओवादी केन्द्रबाट अध्यक्षमा उमेशप्रसाद भट्ट ‘विकास’ र उपाध्यक्षमा कलावती भाड, राष्ट्रिय जनमोर्चाबाट अध्यक्षमा हरिष विकले उम्मेदवारी दर्ता गर्नु भएको छ । २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा माओवादीबाट अध्यक्षमा भट्ट र उपाध्यक्षमा भाड विजयी भएका थिए । नवदुर्गा गाउँपालिकामा नेपाली कांग्रेसबाट अध्यक्षमा लक्ष्मी अवस्थी र उपाध्यक्षमा निर्मला बिष्ट, नेपाली कांग्रेस बिपीबाट अध्यक्षमा गोकुल शाही र उपाध्यक्षमा नेकपा एमालेबाट वीरबहादुर बिष्ट, नेकपा एकिकृत समाजवादीबाट अध्यक्षमा कविन्द्रबहादुर बिष्ट र उपाध्यक्षमा चन्द्रा रुपाली, नेकपा माओवादी केन्द्रबाट अध्यक्षमा धर्म विक र उपाध्यक्षमा बिस्ना बोहरा, राष्ट्रिय जनमोर्चाबाट अध्यक्षमा हेमराज भट्टले उम्मेदवारी दिनु भएको छ । आलिताल गाउँपालिकामा नेपाली कांग्रेसबाट अध्यक्षमा बलबहादुर गुरुङ र उपाध्यक्षमा जला बोगटी, नेकपा माओवादी केन्द्रबाट अध्यक्षमा शेरसिंह पार्की र उपाध्यक्षमा मन्जु रावल, नेकपा एकीकृत समाजवादीबाट अध्यक्षमा तुलाराम बोहरा र उपाध्यक्षमा लक्ष्मी धामी, नेकपा एमालेबाट अध्यक्षमा मीन बोगटी र उपाध्यक्षमा शान्ति भट्ट जोशी,स्वतन्त्रबाट टेकबहादुर खड्काले मनोनयन दर्ता गराउनु भएको छ । गन्यापधुरा गाउँपालिका प्रधानमन्त्री शेरबहादुर देउवाको गृह गाउँपालिका हो । यस गाउँपालिकामा नेपाली कांग्रेसबाट अध्यक्षमा इन्द्र कार्की र उपाध्यक्ष ज्ञानु सेटी, नेकपा एकीकृत समाजवादीबाट अध्यक्षमा नरबहादुर बिष्ट र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रबाट चन्द्रबहादुर मल्ल, नेपाली कांग्रेस बिपीबाट अध्यक्षमा सुरेन्द्र माली र नेकपा एमालेबाट उपाध्यक्षमा इन्द्र महरा, राष्ट्रिय जनमोर्चाबाट अध्यक्षमा टंक अवस्थीले उम्मेदवारी दर्ता गराउनु भएको छ । भागेश्वर गाउँपालिकामा नेपाली कांग्रेसबाट अध्यक्षमा हेमराज चटौत र उपाध्यक्षमा पुष्पा ठकुराठी, नेकपा एमालेबाट अध्यक्षमा रामबहादुर शाही र उपाध्यक्षमा नेपाली कांग्रेस बिपीबाट नरबहादुर ठकुराठी, नेकपा माओवादी केन्द्रबाट अध्यक्षमा विष्णु पाण्डेय, उपाध्यक्षमा गीता भट्ट र स्वतन्त्रबाट विष्णुबहादुर ठकुराठीले मनोनयन दर्ता गर्नु भएको छ ।
इन्सेक अछाम प्रतिनिधि शिवराज ढुङ्गानाका अनुसार स्थानीय तह निर्वाचन–२०७९ को लागि नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, राप्रपा, नेकपा माले, नेपाल मजदुर किसान पार्टी र स्वतन्त्र व्यक्तिले उम्मेदवारी दर्ता गराएका छन् । दल र स्वतन्त्र गरेर स्थानीय तहको प्रमुख÷उपप्रमुख, अध्यक्ष÷उपाध्यक्ष, वडा अध्यक्ष र वडा सदस्यको मनोनयन दर्ता गर्ने काम बेलुकी ५ बजेसम्म रह्यो । मनोनयन दर्ता गर्नका लागि वैशाख ११ र १२ गते छुट्याइएको भएपनि सबै दलहरुले वैशाख १२ गते मात्रै मनोनयन दर्ता गर्न आएपछि रातिसम्म पनि मनोनयन दर्ताको कार्य गर्नु परेको ढकारी गाउँपालिकाका निर्वाचन अधिकृत गणेशबहादुर सिंहले बताउनु भयो । “मनोनयन दर्ताको काम सकियो भएपनि त्यसको विवरण निकाल्नका अझै केही समय लाग्ने पञ्चदेवल विनायक नगरपालिकाका निर्वाचन अधिकृत लक्ष्मीप्रसाद बास्कोटाले बताउनु भयो । जिल्लाका १० ओटै स्थानीय तहमा स्थापना गरिएका निर्वाचन अधिकृतको कार्यालयमा पुगेर दलहरुले मनोनयन दर्ता गराएका छन् । नेपालको संविधानमा प्रमुख वा उपप्रमुख मध्येमा एक पदमा महिला अनिवार्य आउनु पर्ने बाध्यकारी व्यवस्था गरिएको भएपनि स्थानीय तह निर्वाचन–२०७९ को उम्मेद्वारीमा जिल्लास्थित दलहरुले चुनावी प्रतिस्पर्धामा गठबन्धन गरेपछि महिला प्रमुख र उपप्रमुख पदमा पाउनबाट वञ्चित भएका छन् ।

नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी) ले गठबन्धन गरेपछि प्रमुख र उपप्रमुखमा पुरुषहरुलाई नै उम्मेदवार बनाएपछि महिलाहरु वञ्चित हुन परेको हो । मंगलसेन नगरपालिका, साँफेबगर नगरपालिका, रामारोशन र चौरपाटी गाउँपालिमा गठबन्धन दल नेपाली कांग्रेस र समाजवादीले दुबै पदमा पुरुषलाई उम्मेदवार बनाएकोले महिला दुवै पदबाट वञ्चित भएका छन् । मंगलसेनमा कांग्रेसका प्रमुखमा नमबहादुर शाही र समाजवादीबाट उपप्रमुखमा बमबहादुर रावल, साँफेबगर नगरपालिकामा प्रमुखमा कांग्रेसका राजेन्द्र कुँवर र समाजवादीबाट उपप्रमुखमा शिवबहादुर कुँवर (शिलोज), रामारोशन गाउँपालिकामा कांग्रेसबाट अध्यक्षमा मानबहादुर साउद र समाजवादीबाट उपाध्यक्षमा तारा खनाल, चौरपाटी गाउँपालिमा समाजवादीबाट अध्यक्षमा हर्क साउद र माओवादीका जीवनविक्रम साउदले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन जित्नु पर्ने बाध्यताका कारण पुरुषलाई उम्मेद्वार बनाउन परेको गठबन्धनका दलको भनाइ रहेको छ । नेकपा (एमाले) ले भने १०ओटै स्थानीय तहमा समावेशी उम्मेद्वार बनाएको जिल्ला अध्यक्ष चन्द्रबहादुर बोहराले जानकारी दिनु भयो । साँफेबगर नगरपालिकाको प्रमुखमा महिलाबाट पशुपति कुँवर र चौरपाटी गाउँपालिकाको अध्यक्षमा दलितबाट रामबहादुर आउजी र अन्य स्थानीय तहको उपप्रमुख÷उपाध्यक्षमा उम्मेद्वारी दिएका छन् । स्थानीय तह निर्वाचन–२०७४ मा कांग्रेस र माओवादी केन्द्रको गठबन्धनका कारण मेल्लेख र बान्नीगढी जयगढ गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा पुरुष निर्वाचित भएका थिए । भने, जिल्ला समन्वय समितिको प्रमुख र उपप्रमुख नेपाली कांग्रेसबाटै दुवै पुरुष छन् ।

इन्सेक बैतडी प्रतिनिधि नरी बडुका अनुसार जिल्लाका १० ओटा स्थानीय तहमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी, राप्रपा र जनता समाजवादी पार्टीले उम्मेदवारी दर्ता गराएको भएपनि त्यसको सम्पूर्ण विवरण आउन केही समय लाग्ने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । स्थानीय तह निर्वाचनको मनोनयन दर्ताका क्रममा वैशाख १२ गते जिल्लास्थित राजनीतिक दलहरुले निर्वाचन आचारसंहिताको उल्लङ्घन गरेको पाइएको छ । निर्वाचन आचारसंहिता २०७८ अनुसार निर्वाचनका क्रममा राजनीतिक दलहरुले झण्डालगायत दलको चिन्ह् अंकित कुनै पनि सामाग्री बोकेर जुलुस वा प्रचारमा हिड्न नपाउने व्यवस्था गरिएको भएपनि वैशाख १२ गते मनोनयन दर्ता गराउने क्रममा त्यसको उल्लङ्घन गरेको पाइएको हो । जिल्लाका बिभिन्न स्थानीय तहमा मनोनयनको कार्यक्रम गर्दा दलहरुका झण्डाले निर्वाचन अधिकृत कार्यालयहरु भरिभराउ भएको पाइएको छ । आचारसंहिता विपरीत सयौँ झण्डा फहराउँदै जिल्ला प्रशासन अगाडि नै दलहरुले निर्धक्कका साथ जुलुस गरेको पाइएको छ ।

जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले दलहरुलाई आचारसंहिताको ख्याल गर्न चेतावनी दिएको छ । आफैले प्रतिबद्धता जनाएको आचारसंहिता उल्लङ्घन गरेको भएपनि आइन्दा पूर्ण रुपमा पालना गर्नु पर्ने मुख्य निर्वाचन अधिकृत तिलकबहादुर कार्कीले बताउनु भयो । ‘सर्बदलिय बैठकमा दलहरुसँग छलफल भयो । पार्टीको चुनाव चिन्ह् भएको झण्डा, टोपी, ब्यानर, टिसर्ट प्रदर्शन गर्न पाइदैन भनेर हामीले जानकारी गराएका छौँं,’ मुख्य निर्वाचन अधिकृत कार्कीले भन्नु भयो, ‘चुनाव भड्किलो हुँदैन, खर्च कम हुन्छ, त्यसैले आचारसंहिता पूर्ण पालना गर्नुस ।’ मनोनयनका क्रममा आचारसंहिता उल्लङ्घन भएपनि आइन्दा त्यसो भए निर्वाचन आयोगले दिएको निर्देशन अनुसार कडा रुपमा प्रस्तुत हुनु पर्ने अवस्था आउने उहाँले बताउनु भयो । आसन्न स्थानीय तहको निर्वाचनका लागि जिल्लास्थित राजनीतिक दलहरु पूर्ण रुपमा चुनावमा होमिएका छन् । जनप्रतिनिधिहरुको दौँडमा कतै गठबन्धत त कतै एक्लाएक्लै रुपमा होमिएका उम्मेदवारहरु पूर्ण तयारीका साथ भोट माग्दै गाउँगाउँ पुगिरहेका छन् ।


इन्सेक बझाङ प्रतिनिधि सत्यबहादुर सिंहका अनुसार वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन २०७९ को लागि मनोनयन दर्ता प्रक्रिया पुरा भएको छ । मनोनयन दर्ताका क्रममा इन्सेक प्रतिनिधिले अनुगमन गर्दा जिल्लास्थित राजनीतिक दलहरूले निर्वाचन आचारसंहिता उल्लङ्घनन गरेको पाइएको हो । राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एमाले र सत्तारुढ गठबन्धनले जयपृथ्वी नगरपालिकाको मनोनयन दर्ताको क्रममा बाजा सहित मोटरसाइकल ¥याली निकालेका थिए । त्यसैगरी नेकपा एमाले र गठबन्धनले सबै पालिकामा मनोनयन दर्ताको क्रममा नाराबाजी गर्दै बाजा बजाएका थिए । जिल्लामा नेटर्वक र इन्टरनेटले काम नगर्दा तथा समस्या आउदाँ अझै पनि मनोनयन दर्ताको सबै विवरण आउन बाँकी रहेको मुख्य निर्वाचन अधिकारी विष्णुप्रसाद अवस्थीले बताउनु भयो । महिला पुरुष छुट्याउन सक्ने अवस्था अहिले नभएको र आज साँझसम्म उक्त काम सकिने समेत अवस्थीले जानकारी गराउनु भयो । उहाँले अहिलेसम्म जिल्लाभरीमा प्रमुखमा एक महिलासहित आठ जना,उपप्रमुखमा १० जना, अध्यक्षमा ४३ जना, उपाध्यक्षमा ३० जना, वडाध्यक्षमा २ सय ९६ जना, सदस्यमा ४ सय २६ जना, महिला सदस्यामा १ सय ९६ जना र दलित महिला सदस्यमा १ सय ९६ जनाको मनोनयन दर्ता गरी निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट गरीएको भए बताउनु भयो ।




इन्सेक कैलाली प्रतिनिधि मैनामोती चौधरीका अनुसार २०७९ वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि जिल्लाका १३ ओटै स्थानीय तहमा वैशाख ११ र १२ गते निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता सम्पन्न भएको छ ।
मनोनयन दर्ताको लागि निर्वाचन अधिकृतको कार्यालयमा आउँदा मुख्य ठुला दलहरु क्रमसः नेपाली कांगे्रस, नेकपा एमाले, नेकपा (एकिकृत समाजवादी), माओवादी केन्द्रलगायतका राजनीतिक दलहरुले निर्वाचन अयोगद्वारा जारी गरेको आचारसंहिता उल्लङ्घन गरेको पाइएको छ । मनोनयन दर्ताको क्रममा निकालिएका र्यालीहरुमा सबै राजनीतिक दलले बाजागाजा सहित व्यानर, चुनाव चिन्ह् भएको झण्डा, ज्येष्ठ नागरिक, बालबालिकाको व्यापक प्रयोग भएको इन्सेकले अनुगमन गर्ने क्रममा पाइएको हो ।

वैशाख ३० गते आसन्न निर्वचनका लागि १३ ओटै स्थानीय तहमा १ सय २ जनाले प्रमुखमा, ७० जनाले उपप्रमुखमा, ५९ जनाले अध्यक्षमा, ५३ जनाले उपाध्यक्ष, १ सय २६ वडामा ९ सय ३७ जनाले अध्यक्षमा, ६ सय ७ जनाले महिला सदस्यमा, ५ सय १९ जनाले दलित महिला सदस्यमा र१ हजार ३ सय ५ जनाले सदस्यमा गरी ३ हजार ६ सय ५२ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
धनगढी उपमहानगरपालिकाको प्रमुखमा स्वातन्त्र उम्मेदवारतर्फ गोपाल हमाल, उद्धवराज पन्त, मदनकृष्ण भटटले उम्मेदवारी दर्ता गर्नुभएको छ भने गठबन्धनबाट प्रमुखमा नेपाली काग्रेसका निर्पबहादुर वर्ड र उपप्रमुखमा माओवादी केन्द्रका शान्ति अधिकारी, नेकपा एमालेबाट प्रमुखमा रणबहादुर चन्द, उपप्रमुखमा कन्दकला राना, लोकतान्त्रिक समाजवादीबाट प्रमुखमा बसन्तबहादुर विश्वकर्मा, सचेत नेपाली पार्टीबाट प्रमुखमा भारती थापा, नागरिक उन्मुक्ति पार्टीबाट प्रमुखमा निमबहादुर चौधरी, उपप्रमुखमा सावित्रा चौधरी, जनता समाजवादीबाट प्रमुखमा एकेन्द्र ऐर, राष्ट्रिय जनमोर्चाबाट प्रमुखमा अञ्जना श्रेष्ठ, राप्रपाबाट उपप्रमुखमा दुर्गादत्त पन्त, नेपाल परिवार दलबाट उपप्रमुखमा विष्णुकुमारी विश्वकर्मा, साँझा पार्टीबाट उपप्रमुखमा विमला कुमारी पन्त र नेपाली कांगे्रसबाट उपप्रमुखमा प्रभाकर भण्डारीले उम्मेदवारी दर्ता गरेका छन् ।

गौरीगंगा नगरपालिकामा माओवादी केन्दबाट प्रमुखमा देवीदत्त कडेल, उपप्रमुखमा नेपाली काँग्रेसबाट भोजबहदुर बम, नेकपा एमालेबाट प्रमुखमा पदमसिंह सिंगाल, उपप्रमुखमा शान्ति सिंह, राप्रपाबाट प्रमुखमा सुवास कुवँर, उपप्रमुखमा कमला बोहरा, मौलिक जरोकिलोबाट उपप्रमखमा टेकराज साउँद र प्रमुखमा स्वातन्त्रबाट भत्तबहादुर विक, उपप्रमुखमा स्वतन्त्रबाट अञ्चला चौधरीले उम्मेदवारी दर्ता गराएका छन् ।
गोदावरी नगरपालिकामा नेपाली काँग्रेसबाट प्रमुख बिरेन्द्र भट्ट, उपप्रमुखमा नेकपा एकिकृत समाजवादीबाट रत्ना कडायत, नेकपा एमालेबाट प्रमुखमा गोकर्ण भट्ट, उपप्रमुखमा शारदा रोकाया, माओवादी केन्द्रबाट प्रमुखमा बिक्रम विक, राष्ट्रिय जनमोर्चाबाट हरीकृष्ण पाण्डे, उपप्रमुखमा कल्पना बराल, प्रजातन्त्र पार्टीबाट प्रमुखमा दुर्गाकुमार पोखरेल, उपप्रमुखमा माया विष्ट, राष्ट्रिय जनमुक्ती पार्टीबाट प्रमुखमा रामबहादुर मल्ल र लोकतान्त्रीक समाजवादीबाट फकलु चौधरीले उम्मेदवारी दर्ता गराएका छन् भने स्वातन्त्रबाट प्रमुखमा टेक बिकले उम्मेदवारी दर्ता गर्नु भएको छ ।
घोडाघोडी नगरपालिकामा नेकपा एकिृत समाजवादीबाट प्रमुखमा खडकबहादुर रावत र उपप्रमुखमा नेपाली काँग्रेसबाट रिता चौधरी र गुलिया चौधरी, नेकपा एमालेबाट प्रमुखमा ममताप्रसाद चौधरी, उपप्रमुखमा करुणा बम र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट निरज मल्लले उम्मेदवारी दर्ता गराउनु भएको छ ।

लम्कीचुहा नगरपालिकामा नेपाली काँग्रेसबाट प्रमुखमा भक्तबहादुर थापा र शुसिला शाही, उपप्रमुखमा नेत्र मगर, प्रमुखमा माओवादी केन्द्रबाट लोकराज ढकाल र धिरेन्द्र रावल, उपप्रमुखमा जानकीकुमारी सिंह, प्रमुखमा राप्रपाबाट मदनराज उपाध्याय, प्रमुखमा भावना शाह, नेकपा एमालेबाट प्रमुखमा महादेव बजगाई, उपप्रमुखमा जुना चौधरी, नेकपा एककिकृत समाजवादीबाट प्रमुखमा बखतबहादुर विष्ट, उपप्रमुखमा लक्ष्मी देवकोटा, प्रमुखमा राष्ट्रिय जनमोर्चाबाट मनबहादुर शाही, उपप्रमुखमा जनता समाजवादीबाट जानकी उपाध्याय बसौटयाल, प्रमुखमा नेपाल लोकतान्त्रीकबाट देशराज चौधरी, उपप्रमुखमा मोहनमती चौधरी, उपप्रमुखमा नेपाल किसान मजदुरपार्टीबाट देवी सरा जैशी, प्रमुखमा स्वातन्त्रबाट नेत्रप्रसाद भण्डारी, दिपक रावल, उदयराम भाट, कृष्णबहादुर बटाला, उपप्रमुखमा स्वातन्त्रबाट रंगाकुमारी भट्टराई, गिता गडतोला र पुष्पा शाहीले उम्मेदवारी दर्ता गराउनु भएको छ ।
टिकापुर नगरपालिकामा नेपाली कांग्रेसबाट प्रमुखमा नवराज रावल, उपप्रमुखमा माओवादी केन्द्रका खडक शाह, नेकपा एमालेबाट प्रमुखमा श्याम खत्री, उपप्रमुखमा उपमा केसी, नागरिक उन्मुक्ती पार्टीबाट प्रमुखमा रामलाल डगौरा थारु, उपप्रमुखमा उल्कादवी विश्वकर्मा, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रमुखमा गोविन्द रिमाल , उपप्रमुखमा सरस्वती बोहरा, मौलिक जरोकिलो पार्टीबाट प्रमुखमा राजकुमार विष्ट, उपप्रमुखमा हिरादेवी थारुले उम्मेदवारी दर्ता गरएका छन् । टिकापुर नगरपािलकामा स्वतन्त्रबाट प्रमुखमा ललित थापा र लोकबहादुर बुढा क्षेत्री, उपप्रमुखमा प्रकाश खडका र माया जैशीले उम्मेदवारी दर्ता गराउनु भएको छ ।
भजनी नगरपालिकामा माओवादी केन्दबाट प्रमुखमा शेरबहादुर चौधरी, प्रमुखमा नेकपा एमालेबाट हर्कबहादुर बुढा, उपप्रमुखमा तुलसी चौधरी, प्रमुखमा जनता समाजवादीबाट लक्ष्मीराम चौधरी, उपप्रमुखमा कमला ढुङ्गाना, प्रमुखमा राप्रपाबाट राजकुमार चौधरी, उपप्रमुखमा शारदा शाहमल्ल, प्रमुखमा नेपाल लोकतन्त्रबाट एन्जल चौधरी, नागरिक उन्मुक्ती पार्टीबाट केवल चौधरी, उपप्रमुखमा राजु तिरुवा, उपप्रमुखमा नेपाली कांगे्रसबाट गोकेन्द्र भण्डारी, प्रमुखमा स्वतन्त्रबाट बिरबहादुर हमालले उम्मेदवारी दर्ता गराउनु भएको छ ।

वर्दगोरिया गाउँपालिकामा नेपाली कांग्रेसबाट अध्यक्षमा शेरबहादुर कथरिया, अध्यक्षमा नेकपा एमालेबाट कर्णबहादुर कुँवर, उपाध्यक्षमा इन्दुकुमारी चौधरी, अध्यक्षमा राप्रपाबाट नविन जोशी, उपाध्यक्षमा कर्मदेवी सिंह, अध्यक्षमा राष्ट्रिय जनमोर्चाबाट रुपादेवी आलेमगर, अध्यक्षमा नेपाल किसान मजदुर पार्टीबाट सुर्यबहादुर शाही, उपाध्यक्षमा जौमती न्योपाने, नागरिक उन्मुक्तीबाट भजनलाल कथरिया, उपाध्यक्षमा शारदा मल्ल, अध्यक्षमा स्वतन्त्रबाट जनकबहादुर शाही र विनय मल्ल, उपाध्यक्षमा माओवादी केन्द्रबाट गणेश गिरीले उम्मेदवारी दर्ता गराउनु भएको छ ।
चुरे गाउँपालिकामा नेकपा एकिकृत समाजवदीबाट अध्यक्षमा लोकबहादुर सारुमगर, उपाध्यक्षमा कृष्णकुमारी खत्री, नेपाली काँगे्रसबाट अध्यक्षमा टिकाराम ढुङ्गाना, उपाध्यक्षमा धना थापा, माओवादी केन्द्रबाट अध्यक्षमा टेकबहादुर रजवार, उपाध्यक्षमा डिलादेवी सिजापतीमगर, नेकपा एमालेबाट अध्यक्षमा चक्रबहादुर बोगटी र उपप्रमुखमा दिपादेवी सावदले उम्मेदवारी दर्ता गराउनु भएको छ ।
जानकी गाउँपालिकामा नेपाली काँगे्रसबाट अध्यक्षमा परशुराम महतो कठरिया, उपाध्यक्षमा उमा महतो, अध्यक्षमा माओवादी केन्दबाट विष्णुकुमारी बम, उपाध्यक्षमा जयप्रकाश दहित, अध्यक्षमा नेकपा एमालेबाट टेकबहादुर बम, उपाध्यक्षमा गिता चौधरी, अध्यक्षमा जनता समाजवादीबाट दिनेशकुमार चौधरी, अध्यक्षमा राप्रपाबाट अबिलालाल चौलागाईं, उपाध्यक्षमा तारादेवी बम, अध्यक्षमा नेपाल मदुर किसान पार्टीबाट गगनबहादुर थापामगर, उपाध्यक्षमा चित्रा रोकामगर, नेपाल दलित पार्टीबाट करबिरे कँडारा, अध्यक्षमा स्वातन्त्रबाट कलावती चौधरी, नागरिक उन्मुक्ती पार्टीबाट अध्यक्षमा गणेश चौधरी, उपाध्यक्षमा लालमति कठरिया, उपाध्यक्षमा एकिकृत समाजवादीबाट चन्द्रादेवी कमीले उम्मेदवारी दर्ता गराउनु भएको छ ।
जोशीपुर गाउँपालिकामा नेपाली काँगे्रसबाट अध्यक्षमा बंशराम बडायक, उपाध्यक्षमा किरण चौधरी, अध्यक्षमा नेकपा एमालेबाट केशरबहादुर डगौरा, उपाध्यक्षमा रम्भादेवी भुल, अध्यक्षमा जनता समाजवादीबाट चन्द्रप्रकाश चौधरी, उपाध्यक्षमा हेमा कुश्मी, अध्यक्षमा राप्रपाबाट भिमबहादुर बम, उपाध्यक्षमा ममता चौधरी, अध्यक्षमा नेपाल लोकतान्त्रीकबाट अनितादेवी चौधरी, अध्यक्षमा नागरिक उन्मुक्तीबाट चित्रबहादुर चौधरी, उपाध्यक्षमा रेखादेवी कठरिया र उपाध्यक्षमा माओवादी केन्द्रबाट दिर्घ बिनाडीले उम्मेदवारी दर्ता गराउनु भएको छ ।
कैलारी गाउँपालिकामा माओवादी केन्द्रबाट अध्यक्षमा लाजुराम चौधरी, उपाध्यक्षमा लक्ष्मी सत्गौंवा र गंगा चौधरी, नेपाली कांगे्रसबाट अध्यक्षमा रामसमझ चौधरी, उपाध्यक्षमा भगवतीकुमारी चौधरी, नेकपा एमालेबाट अध्यक्षमा झुमादेवी चौधरी, उपाध्यक्षमा जालुराम चौधरी, राप्रपाबाट अध्यक्षमा होमबहादुर गुरुङ्, उपाध्यक्षमा पिङ्गला थारु, नागरिक उनमुक्तीबाट अध्यक्षमा भीष्म चौधरी, उपाध्यक्षमा कविता चौधरी र लोकतान्त्रीक समाजवादीबाट अध्यक्षमा विनोदकुमार चौधरी, उपाध्यक्षमा फुलमतीदेवी चौधरीले उम्मेदवारी दर्ता गराउनु भएको छ । यसैगरी अध्यक्षका लागि स्वतन्त्र उम्मेदवारमा मनिराम चौधरीले र उपाध्यक्षका लागि स्वातन्त्रमा अनिता कुमारी चौधरी, अनिता चौधरी, सरिता चौधरीेले उम्मेदवारी दर्ता गराउनु भएको छ ।
मोहन्याल गाउँपालिकामा माओवादी केन्द्रबाट अध्यक्षमा देबिदत्त उपाध्याय, उपाध्यक्षमा तुल्सीदेवी पुरी, अध्यक्षमा नेपाली काँग्रेसबाट रविकुमारी रानामगर, उपाध्यक्षमा कमलबहादुर साउद, अध्यक्षमा नेकपा एमालेबाट धरमबहादुर थापा, उपाध्यक्षमा सरस्वतीदेवी रावल विष्ट, अध्यक्षमा राप्रपाबाट नन्दबहादुर बस्नेत, अध्यक्षमा मंगोल नेश्लन अर्गनाइजेशनबाट पदमबहादुर बुढामगर, उपाध्यक्षमा टिकासरा दर्लामीमगर, एकीकृत समाजवादीबाट उपाध्यक्षमा भुमीप्रसाद जैशी, अध्यक्षमा स्वातन्त्रबाट लोकेन्द्रबहादुर बडुवाल र उपाध्यक्षमा टिकासरी बुढामगरले उम्मेदवारी दर्ता गराउनु भएको छ ।
