जितपुर सिमरा उपमहानगरपालिका-२३ मा ढलान भइरहेको बाटोमा थुपारिएको धुलो हटाउने विषयमा विवाद हुँदा भएको झडपमा परी वडा नं २३ का वडाध्यक्ष ४४ वर्षीय असलम देवान घाइते भएका छन ।
बाटोमा आवतजावतमा अप्ठयारो भएको भन्दै सोही ठाउँका ४५ वर्षीय मुस्तकिम अन्सारीले धुलो हटाउन खोज्दा भनाभन भएको थियो ।
ढलान बाटो निर्माण भइरहेको ठाउँमा निर्माणका क्रममा निस्किएको धुलो जम्मा भएको थियो । त्यही धुलो हटाएर बाटोको आवागमन सहज बनाउन मुस्तकिम अन्सारीले हटाउन खोज्दा झडप भएको स्थानीयले बताएका छन् ।
असलम देवान पक्षले बाटो खोल्ने पक्षलाई गालीगलौज गरेपछि दोहोरो विवाद झडपमा परिणत भएको हो । वडाध्यक्ष असलम देवान घाइते हुनुभएको छ । उहाँको उपचार बयोधा अस्पातलमा भइरहेको छ ।
कुटपिटबाट मुस्तकिम अन्सारी ४५ वर्षीय चाँदमहम्द अन्सारी, ४३ वर्षीय खुर्शेद आलम, २५ वर्षीय खुरशेद आलम लगायत घाइते भएका छन् ।
चाँद महम्मद मन्सुरी र ममताज आलमको उपचार बीरगंज हेल्थ केयर अस्पतालको आइसियूमा भइरहेको छ । ३७ वर्षीय यासिन मियाँको गोडा भाँचिएको र खुरशेद आलमको हात भाँचिएको छ ।
अन्यको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय बाराका डिएसपी राजेश थापाले बताउनु भयो ।
दुवै पक्ष नेकपा एमालेमा सङ्गठित रहेका छन् । अनतरिक रुपमा टिकट कसले पाउने भन्ने विषयमा अन्तर सङ्घर्ष रहँदै आएको थियो ।