स्थानीय तहको वैशाख ३० गते हुने निर्वाचनको लागि सिद्धलेख गाउँपालिकामा मनोनयनको पहिलो दिन ७७ जनाले उम्मेदवारी दर्ता गराएका मुख्य निर्वाचन अधिकृत रमेशप्रसाद ज्ञवालीले बताउनु भयो ।
मुख्य निर्वाचन अधिकृत ज्ञवालीका अनुसार नेकपा एमालेको सिद्धलेक गाउँपालिकाका प्रमुख, उपप्रमुख सहित सबै उम्मेदवारले ०७९ वैशाख ११ गते मनोनयन दर्ता गराएका छन् ।
सिद्धलेक गाउँपालिकाको प्रमुखमा प्रेमनाथ सिलवालले मनोनयन दर्ता गराउनु भएको छ भने उपप्रमुखमा कमला शर्माले मनोनयन दर्ता गराउनु भएको छ ।
उम्मेदवारी दर्ता गराउने वडा अध्यक्षहरुमा वडा नम्बर १ मा इश्वर सिलवाल, वडा नम्बर २ मा कमल गुरुङ, वडा नम्बर ३ मा देव बहादुर पुलामी, वडा नम्बर ४ मा झम्क बहादुर मगर, वडा नम्बर ५ मा गोपाल गुरुङ, वडा नम्बर ६ भुपेन्द्र मगर, वडा नम्बर ७ मा लक्ष्मण खतिवडालाई वडा अध्यक्षको उम्मेदवारी दर्ता भएको छ ।
यसैगरी सिद्धलेक मंगोल नेशनल अर्गानाइजेशन पार्टीको तर्फबाट उपाध्यक्ष दिपा थापा मगर र ३ नम्बर वडा अध्यक्षमा वीरबहादुर थापामगरले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
साथै बेनिघाटरोराङ गाउँपालिकामा राप्रपाले अध्यक्षमा अरुण थपलिया, उपाध्यक्षमा सबिना थपलिया सहित वडा अध्यक्षहरुको मनोनयन दर्ता गराएको छ ।
नेपाल मजदुर किसान पार्टीले अध्यक्षमा राजकुमार श्रेष्ठको मनोनयन दर्ता गराएको छ ।
नीलकण्ठ नगरपालिकामा राप्रपाले श्यामसिंह ठकुरीलाई प्रमुखमा मनोनयन दर्ता गराएको छ ।
निर्वाचन आयोगले उम्मेदवारको मनोनयनको लागि वैशाख ११ र १२ गते दुई दिनको समय दिएको हुँदा भोलि पनि मतदान कार्य जारी रहने निर्वाचन कार्यालय धादिङका मुख्य निर्वाचन अधिकृत ज्ञवालीले बताउनु भयो ।


