INSEC Online

📅 २०८३ जेष्ठ २१

सिद्धलेक गाउँपालिकामा मनोनयनको पहिलो दिन ७७ जनाद्वारा उम्मेदवारी दर्ता

स्थानीय तहको वैशाख ३० गते हुने निर्वाचनको लागि सिद्धलेख गाउँपालिकामा मनोनयनको पहिलो दिन ७७ जनाले उम्मेदवारी दर्ता गराएका मुख्य निर्वाचन अधिकृत रमेशप्रसाद ज्ञवालीले बताउनु भयो ।

मुख्य निर्वाचन अधिकृत ज्ञवालीका अनुसार नेकपा एमालेको सिद्धलेक गाउँपालिकाका प्रमुख, उपप्रमुख सहित सबै उम्मेदवारले ०७९ वैशाख ११ गते मनोनयन दर्ता गराएका छन् ।

सिद्धलेक गाउँपालिकाको प्रमुखमा प्रेमनाथ सिलवालले मनोनयन दर्ता गराउनु भएको छ भने उपप्रमुखमा कमला शर्माले मनोनयन दर्ता गराउनु भएको छ ।

उम्मेदवारी दर्ता गराउने वडा अध्यक्षहरुमा वडा नम्बर १ मा इश्वर सिलवाल, वडा नम्बर २ मा कमल गुरुङ, वडा नम्बर ३ मा देव बहादुर पुलामी, वडा नम्बर ४ मा झम्क बहादुर मगर, वडा नम्बर ५ मा गोपाल गुरुङ, वडा नम्बर ६ भुपेन्द्र मगर, वडा नम्बर ७ मा  लक्ष्मण खतिवडालाई वडा अध्यक्षको उम्मेदवारी दर्ता भएको छ ।

यसैगरी सिद्धलेक मंगोल नेशनल अर्गानाइजेशन पार्टीको तर्फबाट उपाध्यक्ष दिपा थापा मगर र ३ नम्बर वडा अध्यक्षमा वीरबहादुर थापामगरले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

साथै बेनिघाटरोराङ गाउँपालिकामा राप्रपाले अध्यक्षमा अरुण थपलिया, उपाध्यक्षमा सबिना थपलिया सहित वडा अध्यक्षहरुको मनोनयन दर्ता गराएको छ ।

नेपाल मजदुर किसान पार्टीले अध्यक्षमा राजकुमार श्रेष्ठको मनोनयन दर्ता गराएको छ ।

नीलकण्ठ नगरपालिकामा राप्रपाले श्यामसिंह ठकुरीलाई प्रमुखमा मनोनयन दर्ता गराएको छ ।

निर्वाचन आयोगले उम्मेदवारको मनोनयनको लागि वैशाख ११ र १२ गते दुई दिनको समय दिएको हुँदा भोलि पनि मतदान कार्य जारी रहने निर्वाचन कार्यालय धादिङका मुख्य निर्वाचन अधिकृत ज्ञवालीले बताउनु भयो ।

Photo3dhading20790111Photo2dhading20790111Photo1dhading20790111

अन्य

भिडियो