गोली लागेर घाइते भएकी बुद्धभूमि नगरपालिका– २ गोरुसिंगेस्थित समशेर दल गणमा कार्यरत महिला सैनिक झापा जिल्ला झापा जिल्ला गौरादह नगरपालिका– १ की २४ वर्षीया कोपिला राजवंशीको उपचारका क्रममा वैशाख ८ गते मृत्यु भएको छ ।
राजवंशी गणको भित्रि पोष्टमा डिउटीमा कार्यरत रहेको अवस्थामा आफैले बोकेको एम १६ राइफलले आफूमाथि गोली चलाउदा घाइते भएको प्रहरीले जनाएको छ ।
उनको पेट र छातीमा गोली लागेको जिल्ला प्रहरी कार्यालयका डिीएसपी जेशी शाहले जानकारी दिनु भयो ।
घटना पश्चात राजवंशीलाई सेनाको टोलीले उपचारको लागि बुटवल लगेको थियो । बुटवलबाट थप उपचारको लागि भैरहवा मेडिकल कलेजमा लगिएको अवस्थामा मृत्यु भएको डीएसपी शाहले बताउनु भयो ।
प्रहरीका अनुसार उपचारका लागि रातीनै काठमाडौ लाने तयारी गरिए पनि हेलिकप्टर नआएकाले भैरहवामै उपचार गरिएको थियो ।
के कति कारण उनले आफैमाथि गोली चलाइन् भन्ने विषयमा अनुसन्धान भइरहेको डीएसपी शाहले बताउनु भयो ।
शवको पोष्टमार्टम वैशाख ८ गते युनिभर्सल मेडिकल कलेज, भैरहवा गरेर शव आफन्तलाई बुझाइएको प्रहरीले जनायो ।