तीन वर्षीया बालिकालाई बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालतले सरावल गाउँपालिका– ४ का ३२ वर्षीय राजकुमार केवटलाई चैत २८ गते २५ वर्ष कैद फैसला गरेको छ ।
जिल्ला अदालतका न्यायाधीश धुव्रकुमार शाहको इजलासले उक्त फैसला गरेकोसहायक जिल्ला न्यायाधिवक्ता गोकर्ण घिमिरेले बताउनु भयो ।
पीडितलाई आरोपितले ०७७ जेठ १८ गते बलात्कार गरेको भन्दै पीडित पक्षले सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।
प्रहरील आरोपितलाई जेठ १९ गते गिरफ्तार गरी असार ९ गते आदेशले पुर्पक्षकालागि थुनामा पठाएको थियो ।
पीडितको स्वास्थ्य परीक्षण जेड १८ गते पृथ्वी चन्द्र जिल्ला अस्पतालमा गरिएको थियो ।