INSEC Online

📅 २०८३ जेष्ठ २१

पत्नी हत्या घटनाका आरोपितविरूद्ध उजुरी

गुठीचौर गाउँपालिका–३ गज्याङ्कोटकी २७ वर्षीया छायादेवी धराला (बुढा) लाई चैत २६ गते कुटपिट गरी हत्या गरेको आरोपमा २८ वर्षीय पति मङ्गल बुढाविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालय जुम्लामा चैत २८ गते उजुरी दिएको छ ।

छायादेवीलाई कुटपिट गरी हत्या गरेको आशङ्कमा माइती पक्षले प्रहरीमा उजुरी दिएको हो ।

कृटपिट गरी घाइते भएपछि छायादेवीलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पुर्‍याएको र उपचारका क्रममा मृत्यु भएको पीडितका आफन्त भैरबबहादुर धरलाले बताउनु भयो ।

उहाँले भन्नु भयो–‘विष खाएर मृत्यु भएको भने पनि मृतकको छाति, आँखा र शरीरभरी चोट नै चोट देखिएकाले कृटपिट गरी हत्या नै गरिएको आशङ्का छ ।’

पोष्टमार्टमको रिपोर्ट आएपछि मात्रै शव जलाउन दिने धरालाले बताउनु भयो ।

हत्याको आशङ्का भएपछि अनुसन्धानका लागि आरोपितलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाबाटै चैत २६ गते नै गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी नरेन्द्र चन्दले बताउनु भयो ।

शवको पोष्र्टमाटम चैत २८ गते कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा गरिएको छ ।

अन्य

भिडियो