ताँजाकोट गाउँपालिका–५ का ४० वर्षीय वडाध्यक्ष बर्ख बुढाको नेतृत्वको समूहले सोही गाउँपालिका–५ को मदान घर भई नेकपा एमाले प्रदेश कमिटी सदस्यका रूपमा क्रियाशील ४७ वर्षीय अजविर बुढालाई चैत २६ गते कुटपिट गरेको पीडित पक्षको आरोप छ ।
पीडित बुढा चैत २६ गते आफ्नै घरमा सुतिरहेको बेला वडाध्यक्षसहित पाँच जनाको समूहले कुटपिट गरेको पीडित बुढाले आरोप लगाउनु भयो ।
चैत २६ गते वडा नम्वर ५ को कार्यालयले स्थानीय नागरिकलाई बाख्रा वितरण गर्ने विषयलाई लिएर दिउँसो सामान्य विावद गरेको भए पनि सुतिरहेको समयमा वडाध्यक्ष लगायत सोही गाउँपालिका–५ कै ३४ वर्षीय अमरे बैजी, ३७ वर्षीय मनलाल कामी र ३३ वर्षीय वैशाखे कामी लगायतका व्यक्तिहरूले कुटपिट गर्दा टाउकोमा चोट लागेको पीडितको आरोप छ ।
घटना पश्चात चैत २७ गते नै पीडित बुढाले ताँजाकोटको छप्रेला प्रहरीचौकीमा उजुरी गरेको बताउनु भयो ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी कृष्णराज ओझाले ताँजाकोटको प्रहरी अदानचुलीमा भएको घटनाका विषयमा छलफलका लागि केन्द्रित भएका कारण ताँजाकोटको विषयमा केही समयपछि मात्रै छलफल गरिने बताउनु भयो ।
टाउकोमा चोट लागेका बुढाको उपचार स्थानीय स्तरमा भइरहेको छ ।