१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मालिकार्जुन गाउँपालिका–५ का १९ वर्षीय महेश लोहारलाई चैत २४ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले चैत १८ गते बलात्कार गरेको भन्दै पीडित पक्षले चैत २४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि प्रहरीले लोहारलाई गिरफ्तार गरेको हो ।
बालिकाको यौनीबाट रगत बगिरहेको देखेर सोधपुछ गर्दा आफूमाथि बलात्कार गरिएको बालिकाले बताएपछि घटनाका बारेमा जानकारी भएको पीडितका बुवाले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो । पीडित बालिकाको स्वास्थ्य उपचार जिल्ला अस्पताल, दार्चुलामा भइरहेको छ ।
पीडित पक्षले दिएको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी चैत २४ गते जबरजस्तीकरणी अन्तर्गत मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर माधव विश्वकर्माले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण चैत २४ गते जिल्ला अस्पताल, दार्चुलामा गरिएको छ ।