INSEC Online

📅 २०८३ जेष्ठ २१

पत्नी हत्या कसुरमा जन्मकैदको फैसला

सन्धिखर्क नगरपालिका–७ न्यूखोलाकी ३१ वर्षीया सिता बिकको हत्या गरेको ठहर गर्दै जिल्ला अदालतले चैत २२ गते मृतकका पति ३१ वर्षीय बिष्णुबहादुर बिकलाई जन्म कैद गर्ने फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश बासुदेब न्यौपानेको इजलासले कसुर ठहर गर्दै  जन्म कैद र पीडित राहत कोषमा २ सय रूपियाँ भराउने फैसला गरेको जिल्ला अदालतका नासु रामप्रसाद आचार्यले बताउनु भयो ।

सितालाई आरोपितले ०७८ असोज १२ गते साँझको समयमा घरयासी विवाद हुँदा चिरपट प्रहारबाट हत्या गरेको थियो ।

मृतकका माइती पक्षले  आरोपित विरूद्ध असोज १३ जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । प्रहरीले आरोपितलाई सोही दिन गिरफ्तार गरेको थियो ।

जिल्ला अदालतले असोज १४ गते र आरोपितलाई  पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो ।

शव पोष्टमार्टम असोज १३ गते जिल्ला अस्पताल अर्घाखाँचीमा गरिएको थियो ।

अन्य

भिडियो