सात वर्षीय बालकलाई यौन दुर्व्यवहार गरेको कसुर ठहर गर्दै जिल्ला अदालत सिरहाका न्यायाधीश प्रकाश खरेलको इजलासले लहान नपा–३ का १४ वर्षीय बालकलाई चैत १७ गते ८ वर्ष ४ महिना कैद तथा २५ हजार रुपियाँ क्षतिपुर्तिको सजाय सुनाएको छ ।
पीडित बालकलाई आरोपितले ०७६ जेठ २६ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले इलाका प्रहरी कार्यालय लहानमा जेठ २७ गते उजुरी दिएको थियो ।
पीडित बालकको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा जेठ २७ गते गरिएको थियो । इलाका प्रहरी कार्यालय लहानले आरोपितलाई जेठ २७ गते गिरफ्तार गरेको थियो।
आरोपित जिल्ला अदालतको आदेशमा ०७६ असार १६ गतेदेखि बीरगंजस्थित बाल सुधारगृहमा रहेका प्रहरीले जनाएकमो छ ।