INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा १८ वर्ष कैदको फैसला

१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत सल्यानल शारदा नगरपालिका–१ का २३ वर्षीय अजय बुढाथोकीलाईे १८ वर्ष कैद र ६ लाख रुपियाँ क्षतिपुर्तिको फैसला गरेको छ ।

न्यायाधीश कुलप्रसाद पाण्डेको चैत १३ गते बसेको इजलासले आरोप ठहर भएको भन्दै कैद र क्षतिपुर्तिको फैसला सुनाएको जिल्ला अदालतका श्रेस्तेदार हेमन्त ज्ञवालीले जानकारी दिनु भयो ।

पीडित बालिकालाई बुढाथोकीले ०७८ जेठ १४ गते बलात्कार गरेको भन्दै पीडित पक्षले जेठ १५ गते जिल्ला प्रहरी कार्यालयमा लिखित उजुरी दिएको थियो ।

बुढाथोकीलाई इलाका प्रहरी कार्यालय सल्यानको प्रहरी टोलीले जेठ १४ गते गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका इन्सपेक्टर अर्जुन पौडेलले जानकारी दिनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जेठ १४ गते स्वास्थ्य सेवा कार्यालय सल्यानमा गरिएको थियो ।

अन्य

भिडियो