INSEC Online

📅 २०८३ जेष्ठ २१

बाल यौन दुर्व्यवहारको कसुरमा ६ महिना कैद सजायको फैसला

९ वर्षीया झड्केलो छोरीलाई यौन दुर्व्यवहार गरेको आरोपमा भरतपुर महानगरपालिका–५ निवासी ६२ वर्षीय पुरुषलाई बाल यौन दुव्र्यवहार गरेको कसुरमा जिल्ला अदालतले ६ महिना कैद र ५० हजार जरिवाना हुने फैसला गरेको छ ।

न्यायधीश केशवप्रसाद अधिकारीको इजालसले चैत १३ गते उक्त फैसला गरेको हो ।

साथै पीडितको नाममा २ लाख रुपैयाँ क्षतिपूर्ति भराउने समेत फैसला भएको जिल्ला अदालतका श्रेष्तेदार इश्वर आचार्यले बताउनु भयो ।

बालिकालाई ०७७ चैत ३१ गते यौन दुर्व्यवहार गरेको भन्दै वैशाख १ गते जिल्ला प्रहरी कार्यालयमा पीडितको आमाले उजुरी दिनुभएको थियो ।

अन्य

भिडियो