INSEC Online

📅 २०८३ जेष्ठ २१

एसिड प्रहार गरेको आरोपमा ससुरा र जेठाजु गिरफ्तार

पर्साको बीरगंज महानगरपालिका–१३ श्रीपुर टोलकी २८ वर्षीया सीता पटेल चैत ११ गते माइतिघर जिल्ला बारा कलैया उपमहानगरपालिका–२३ कोइरिया टोल आउँदा माइती नजिक मोटरसाइकलमा आएका ५० वर्षीय ससुरा हवारी साह र ३२ वर्षीय जेठाजु रामबाबु साहले शरीरमा एसिड छ्यापेर घाइते बनाएको आरोपमा प्रहरीले आरोपितद्वयलाई चैत ११ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई घरायसी विषयमा विवाद गर्दै गाली गरेकाले माइत आउँदा मोटरसाइकलबाट पिछा गरेर आएका आरोपितद्वयले एसिड प्रहार गरेको पीडितको भनाइ छ ।

एसिड प्रहारका कारण पीडित महिलाको अनुहार, छाती, हातगोडालगायत शरीरका विभिन्न अङ्ग जलेको छ ।

घाइते महिलालाई प्रादेशिक अस्पताल कलैयामा प्राथमिक उपचार गराएर थप उपचार नारायणी उपक्षेत्रीय अस्पताल बीरगंजमा उपचार भइरहेको कलैया अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट गौरव महतोले बताउनु भयो ।

माइती पक्षले जिल्ला प्रहरी कार्यालय बारामा चैत ११ गते आरोपितविरूद्ध उजुरी दिएको छ ।

अन्य

भिडियो