INSEC Online

📅 २०८३ जेष्ठ २१

निर्वाचन आयोगद्वारा स्थानीयको तह निर्वाचन तालिका सार्वजनिक

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि वैशाख ११ र १२ गते उम्मेदवारी दर्ताको मिति तोकेको छ ।

आयोगले चैत ४ गते एक विज्ञप्ति प्रकाशन गरेको सार्वजनिक गरेको निर्वाचन कार्यक्रम तालिका अनुसार उम्मेदवारी दर्ताको लागि दुई दिन छुट्टाएको हो ।

निर्वाचन तालिकाअनुसार उजरी दर्ता, त्यसमाथि जाँचबुझ लगायतको प्रक्रिया पूरा गरी वैशाख १५ गते उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक जनाएको छ ।

यदि उम्मेदवारले नाम फिर्ता लिन चाहे वैशाख १६ गतेको समय छुट्टाइएको छ ।

आयोगले वैशाख १६ गते त साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गर्नेछ भने १७ गते चुनाव चिह्न प्रदान गर्ने उल्लेख गरेको छ ।

त्यस्तै उम्मेदवारहरूको लागि वैशाख २७ गते राती १२ बजेपछि मौन अवधि लागू हुनेछ ।

यसैगरी ३० वैशाख बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ ।

Nirwachan Talika photo

अन्य

भिडियो