INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार कसुरमा ६ महिना कैदको फैसला

१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले फागुन ३० गते  कृष्णनगर नगरपालिका– १ का २० वर्षीय अदालत पासीलाई ६ महिना कैद ५ हजार रुपियाँ जरिवानाको फैसला गरेको छ ।

जिल्ला न्यायाधीश कृष्णप्रसाद नेपालको इजलासले उक्त फैसलासँगै पीडितलाई ५० हजार रुपियाँ क्षतिपूर्ति दिने र  २ सय रुपियाँ पीडित राहत कोषमा राख्ने फैसला सुनाएको जिल्ला अदालतका श्रेस्तेदार सुमन पाण्डेले बताउनु भयो ।

पीडितलाई आरोपितले ०७८ कात्तिक ३० गते यौन दुर्व्यवहा गरेको भन्दै पीडित पक्षले ०७८ मङ्सिर २ गते इलाका प्रहरी कार्यालय कृष्णनगरमा उजुरी दिएका थिए ।

प्रहरीले आरोपितलाई मङ्सिर २ गते घरबाट गिरफ्तार गरेको थियो । प्रहरीले आरोपित विरूद्ध जिल्ला अदालतमा मङ्सिर २३ गते बालयौन दुर्व्यवहार अभियोगमा मुद्दा चलाएकोमा जिल्ला अदालतको ०७८ मङ्सिर २४ गते १ लाख रूपियाँ धरौटी आदेश भएकोमा धरौटी बुझाउन नसके पछि पुर्पक्षकालागि थुनामा रहेका थिए ।

पीडितको स्वास्थ्य परीक्षण मङ्सिर २ गते  शिवराज अस्पताल बहादुरगञ्जमा गरिएको थियो ।

अन्य

भिडियो