१० वर्षीय बालकलाई अपहरण गरेको आरोपमा जनकपुरधाम उपमहानगरपालिका–१३ बस्ने बस्ने ४२ वर्षीय रामजी पासमान र ३२ वर्षीया विभा पासमानलाई जिल्ला प्रहरी कार्यालय धनुषाले चैत १ गते गिरफ्तार गरेको छ ।
मानव बेचबिखन तथा ओसारपसार र अपहरण मुद्दामा ०७७ माघ २२ गते धनुषा जिल्ला अदालतका न्यायाधीश तिर्थराज केसीको इजलासले अभियुक्त ठहर गर्दै रामजी पासमानलाई २२ वर्ष कैद र २ लाख ५० हजार जरिबाना र विभा पासमानलाई १७ वर्ष कैद र १ लाख ५० हजार जरिबानाको फैसला सुनाएको थियो ।
सजायको फैसला गरेपछि ‘फरार’ भएका पासमानद्वयलाई जनकपुरधाम उप–महानगरपालिका–१३ बाट गिरफतार गरी अदालतको आदेशमा कारागार कार्यालय झुम्का सुनसरीमा पठाइएको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी जितेन्द्रकुमार बस्नेतले बताउनु भयो ।