१५ वर्षीया बालिाकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मालारानी गाउँपालिका– ७ का २७ वर्षीय ठाकुरप्रसाद भुषाललाई फागुन २२ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले पुस १९ गते बलात्कार गरेको भन्दै पीडित पक्षले फागुन २१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको इन्स्पेक्टर गणेश खनालले बताउनु भयो ।
बलात्कारबाट पीडितको पेटमा गर्भ रहेको र आरोपितले गर्भपतन गराएको पनि उजुरीमा उल्लेख गरिएको पीडित पक्षले बताए ।
पीडितको स्वास्थ्य परीक्षण फागुन २१ गते जिल्ला अस्पताल गरिएको छ ।