INSEC Online

📅 २०८३ जेष्ठ २१

हत्या घटनाका आरोपित गिरफ्तार

मेचीनगर नगरपालिका–५ कमल डाँडाकी ६७ वर्षीया अम्बिका कुँवरको फागुन २५ गते गरेको  हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका २७ वर्षीय रणबहादुर बस्नेतलाई फागुन २५ गिरफ्तार गरेको छ ।

अम्बिका कुँवरको शव घरदेखि ५ सय मिटर पश्चिम खोल्सीमा फागुन २५ गते फेला परेको थियो ।

हसिँया लिएर घास काट्न गएकी अम्बिकाको अनुहारमा चोट, हसियाँ बाङ्गिएको र लछारपछार पारिएको अवस्थामा शव भेटिएको मेचीनगर नगरपालिका–५ का वडाध्यक्ष योगेन थापाले बताउनु भयो ।

घटनाको प्रकृति हेर्दा पीडितले आत्मरक्षाको प्रयास गरेको जस्तो देखिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी वसन्त पाठकले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

घटनापछि शङ्कास्पद गतिविधिका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको डिएसपी पाठकको भनाइ छ ।

शवको पोष्टमार्टम फागुन २६ गते वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपामा गर्ने तयारी गरिएको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो