१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बार्दघाट नगरपालिका– ४ का ५२ वर्षीय उमेश श्रेष्ठलाई फागुन २६ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले फागुन २५ गते बलात्कार गरेको भन्दै पीडित पक्षले सोही दिन इलाका प्रहरी कार्यालय, बर्दघाटमा उजुरी दिएका थिए ।
उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धा भइरहेको इन्सपेक्टर कृष्णप्रसाद घिमिरेले बताउनु भयो ।
बालिका घरमा एक्लै भएको अवस्थामा आरोपितले बलात्कार गरेको पीडितका आफन्तले इन्सेक प्रतिनिधिलाई बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण फागुण २५ गते पृथ्वीचन्द्र जिल्ला अस्पतालमा गरिएको डाक्टर महमोद नुरुल होदाले बताउनु भयो ।