११२ औँ अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा फागुन २४ गते हेटौँडामा मानव अधिकार तथा महिला अधिकारका क्षेत्रमा क्रियाशिल संस्थाहरूले संयुक्त रूपमा र्याली सहित कोण सभा सिहत सम्पन्न भएको छ।
‘सामाजिक न्याय र लैङ्गिक समानताः दिगो विकासको सुनिश्चितता’ भन्ने मुल नाराका साथ अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लगाएतका सङ्घसंस्थाहरूले संयुक्त रूपमा र्यालीको आयोजना गरेका हुन् । हेटौंडाको भुटनदेवी स्कुल अगाडिबाट सुरु भएको र्याली बजार परिक्रमासंगै बुद्धचोकमा पुगेर कोण सभा गरी सम्पन्न भएको थियो ।
कार्यक्रममा इन्सेक बागमती प्रदेश संयोजक कृष्ण गौतमले अझै पनि नेपालमा महिलामाथि हुने हिंसाहरूमा कमी नआएको बताउनुभयो ।
उहााले इन्सेकले सार्वजनिक गरेको वर्ष पुस्तक २०२२ मा समावेश भएका घटनाको झण्डै ६० प्रतिशत महिला हिंसाको रहेको बताउनुभयो ।
महिलाहरूलाई हिंसाबाट जोगिने र हिंसा पीडितलाई स्वास्थ्य सेवाबाट वन्चित नगर्ने अवस्थाका लागि अभियान सञ्चालन गर्नुपर्ने अवस्था रहेको गौतमले बताउनु भयो ।
यस्तै मानव अधिकार संरक्षण तथा बेचबिखन विरुद्धको सञ्जालकी संयोजक आरती पाठकले लैङ्गिक हिंसाले महिलाको साथै पुरुषहरूको पूर्णक्षमताको प्रयोगमा नकारात्मक असर पर्नुको साथै आर्थिक विकास र महिला सशक्तीकरणको बाटोमा अवरोध सिर्जना भएको भन्दै हिंसा न्य्निकरणका लागि सबैले साझा एजेण्डाको रूपमा अघि बढाउनुपर्ने बताउनुभयो ।
गैसस महासङ्घ मकवानपुरकी उपाध्यक्ष रमिला सापकोटाले महिलामाथि हुने हिंसा न्यूनिकरण अभियानमा पुरुषलाई पनि सँगसँगै अघि बढाउनुपर्ने बताउनुभयो ।
उहाँले महिला र पुरुष दुवैले समान अपनत्व गर्यो भने समाजमा लैङ्गिक हिंसा न्यूनिकरणमा उल्लेख्य सुधार हुने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा इन्सेक, मानव अधिकार संरक्षण तथा मानव बेचविखन विरुद्धको सञ्जाल, शान्तिका लागि साझा अभियान (कोक्याप), मेची महाकाली बुहारी संयुक्त आवाज, महिला प्रहरी लगाएत अन्य विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरूको सहभागीता रहेको थियो ।

