INSEC Online

📅 २०८३ जेष्ठ २१

धारिलो हतियार प्रहारबाट पत्नी घाइते

रामेछाप नगरपालिका–८ भँगेरीकी २८ वर्षीया पत्नी नम्रता श्रेष्ठलाई ३७ वर्षीय पति प्रकाश श्रेष्ठले ०७८ फागुन २२ गते धारिलो हतियार प्रहार गरी घाइते तुल्याएका छन् ।

पत्नीलाई घाइते बनाएका श्रेष्ठले आफ्नो समेत घाँटी रेटेर घाइते भएका छन् ।

मादक पदार्थ सेवन गरेका श्रेष्ठले घरायसी विवादमा पत्नीको घाँटी रेट्ने प्रयास गर्दा घाइते भएको जिल्ला प्रहरी कार्यालय रामेछापका इन्सपेक्टर तेजप्रसाद कँडेलले जानकारी दिनुभयो ।

पत्नीलाई हतियार प्रहार गरेका श्रेष्ठले आफ्नै घाँटी रेट्ने प्रयास गरेका थिए । घाँटीमा चोट लागेका दुवैजनाको जिल्ला अस्पताल रामेछापमा उपचार भइहेको छ ।

अन्य

भिडियो