INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजायको फैसला

शारिरीक अपाङ्गता भएकी २२ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले हल्दीबारी गाउँपालिका–२ का ४० वर्षीय राजु कर्मकारलाई १० वर्ष  कैद सजायको फैसला सुनाएको छ ।

न्यायाधीश विनोद खतिवडाको ०७८ फागुन  १५ गतेको इजलासले कसुर गरेको ठहर गर्दै १० वर्ष  कैद र पीडितले पाउने गरी कसुरदारबाट २५ हजार रुपियाँ क्षतिपूर्ति भराउन आदेश भएको अदालतका सूचना अधिकारी अर्जुनकुमार गुराँगाईले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडित बालिकालाई आरोपितले ०७७ असोज १८ गते  बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध असोज १९ गते इलाका प्रहरी कार्यालय धुलाबारीमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा प्रहरीले आरोपितलाई असोज २४ गते गिरफ्तार गरी जिल्ला अदालतमा कात्तिक २६ गते बलात्कार शीर्षकमा मुद्दा दर्ता गरेको थियो ।

जिल्ला अदालतको ०७७  कात्तिक २६ गतेको आदेशमा आरोपित पुर्पक्षका लागि थुनामा थिए ।

पीडितको स्वास्थ्य परीक्षण मेची अस्पतालमा ०७८ असोज १९ गते गरिएको थियो ।

अन्य

भिडियो