गढवा गाउँपालिका–२ की ३० वर्षीया श्यामा नेपालीलाई दुव्र्यवहार तथा कुटपिट गरेको आरोपमा प्रहरीले पति ३१ वर्षीय अनुप नेपालीलाई फागुन १३ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले फागुन २ गते कुटपिट गरेको भन्दै पीडित पक्षले फागुन ३ गते इलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी दिएका थिए । कुटपिटबाट नाकमा चोट लागेर घाइते नेपालीको फागुन ३ गते राप्ती प्रादेशिक अस्पतालमा उपचार भयो ।
आरोपितले विभिन्न चारित्रिक लान्छाना लगाउने, सामुहिक बलात्कारको धम्की दिने र घरमा समेत बस्न नदिएपछि ०७८ असोजदेखि तुलसीपुर उपमनपा–१३ स्थित माइतिघरमा बस्दै आएको पीडितले बताउनु भयो ।
उजुरी पछि फरार रहेका आरोपितलाई गढवा गाउँपालिकाबाट गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका श्यामु अर्यालले बताउनु भयो ।