INSEC Online

📅 २०८३ जेष्ठ २१

अपहरण घटनाका आरोपित गिरफ्तार

सल्यान जिल्ला बागचौर नगरपालिका–९ घर भई तुलसीपुर उपमहानगरपालिका–९ बेलुवा डेरागरी बस्ने २० वर्षीय रमण डाँगी, १९ वर्षीय ललित वलीलाई  अपहरण र १९ वर्षीया मनिषा वलीलाई अपहरण प्रयास गरेको आरोपमा प्रहरीले पाँच जनालाई फागुन ९ गते गिरफ्तार गरेको छ ।

गिरफ्तार हुनेहरूमा तुलसीपुर उपमनपा–३ का १९ वर्षीय निशान शाही ठकुरी र २४ वर्षीय सुमित भण्डारी, तुलसीपुर उपमनपा–९ का २३ वर्षीय प्रेम डाँगी र २४ वर्षीय दुर्गेश शर्मा र तुलसीपुर उपनपा–८ का २१ वर्षीय कमल बिक रहेका छन् ।

तुलसीपुर उपमनपा–३ दमारगाउँस्थित सालघारीमा ललित वली र मनिषा वलीले फागुन ९ गते टिकटक बनाइरहेका बेला नम्बर नखुलेको मोटरसाइकलमा आएका निशान शाही ठकुरी र दुर्गेश शर्माले बोलाउँदा नआएको भन्दै ललितलाई जबरजस्ती मोटरसाइकलमा राखेर जङ्गलतर्फ लगेको मनिषाले बताउनु भयो ।

मनिषाले ललित अपहरणमा परेको रमणलाई बताएपछि डाँगी घटनास्थल पुगेका थिए । निशान र दुर्गेशले रमणलाई कुटपिट गर्दै रमणलाई लिएर जङ्गलतिर भागेका थिए ।

घटनाकाे जानकारी पाएको प्रहरीले रमणलाई घेरेर राखेको अवस्थामा फागुन ९ गते तुलसीपुर उपमनपा–८ गहतेखोला पुल नजिक खेतबाट उद्दार गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी श्यामु अर्यालले बताउनु भयो ।

पीडित मनिषाले घटनाका सम्बन्धमा फागुन १० गते इलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी दिनु भएको छ ।

घटनामा सङ्लग्न तुलसीपुर उपमनपा–८ का २० वर्षीय विशाल सुनार फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनायो ।

अन्य

भिडियो