INSEC Online

📅 २०८३ जेष्ठ २१

अपहरण र बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१२ वर्षीया बालिकालाई अपहरण गरी बलात्कार गरेको आरोपमा रौतहटको कटहरीया नगरपालिका–७ बगही टोलका २० वर्षीया अफरोज अन्सारी र सोही टोलकी ४१ वर्षीया हसिना खातुनविरूद्ध पीडितकी आमाले जिल्ला प्रहरी कार्यालयमा माघ २१ गते उजुरी दिएकी छन् ।

पीडित बालिकालाई आरोपित अफरोज अन्सारीले कलैया उपमहानगरपालिका–९ कृति कुमारीको घर अगाडि र मैदा मिल पछाडिको झाडीमा माघ १० गते बलात्कार गरेको र हसिना खातुनले सोही ठाउँबाट कलैया भरतचौकमा लगी बस चढाएर काठमाडौँ पठाएको पीडित परिवारको आरोप हरेको छ ।

बालिकालाई आरोपितले माघ १० गतेदेखि माघ १९ गतेसम्म बलात्कार गरेको पीडित बालिकाका बाबुले माघ २१ गते इन्सेक बाराका जिल्ला प्रतिनिधि भोलानाथ पौडेललाई निवेदन दिएका थिए ।

पीडित परिवारले इन्सेक बाराको सहकार्यमा बालिकालाई माघ २० गते अपहरण मुक्त गरी सोही दिन पीडित बालिकाको स्वास्थ्य परीक्षण प्रादेशिक अस्पताल कलैयामा गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी राजेश थापाले अपहरण र जबरजस्तीकरणी मुद्दामा उजुरी दर्ता गरी अनुसन्धान भइरहेको बताउनु भयो ।

अन्य

भिडियो