INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले उदयपुगढी गाउँपालिका–८ का २९ वर्षीय मनोजकुमार राईलाई फागुन ७ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले ०७८ मङ्सिर ४ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध फागुन ७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको डिएसपी वेदप्रसाद गौतमले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि फागुन ७ गते घरबाटै गिरफ्तार गरेको डिएसपी श्रेष्ठले बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा फागुन ७ गते गरिएको छ ।

अन्य

भिडियो