कथित बोक्सी आरोप कसुरमा दोषी हठर गर्दै जिल्ला अदालतले लमही नगरपालिका-६ का ३२ वर्षीया नरमा बिष्ट र २३ वर्षीया सावित्रा महरा पुनलाई फागुन ८ गते जनही एक वर्ष कैदको फैसला गरेको छ ।
जिल्ला न्यायाधीश डिल्लीराम शर्मा अर्यालको इजलासले घटनामा दोषी ठहर गर्दै जनही एक वर्ष कैद र १० हजार रूपियाँ जरिबानाको फैसला गरेको जिल्ला अदालतका श्रेस्तेदार हिरण्यप्रसाद भण्डारीले जानकारी दिनुभयो ।
घटनाका अर्का आरोपित गढवा गाउँपालिका–३ का विनोद गुरु भनिने ३३ वर्षीय विनोद हरिजनलाई भने अदालतले सफाई दिएको छ ।
०७७ असोज १४ गते तीन जना महिलालाई कथित बोक्सी आरोप लगाएपछि पीडित पक्षले सोही दिन वडा प्रहरी कार्यालय लमहीमा उजुरी दिएका थिए ।
प्रहरीले आरोपितहरूलाई असोज १४ गते गिरफ्तार गरी असोज २२ गते जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो । जिल्ला अदालतले असोज २३ गते तीनै जना आरोपितलाई जनही ३० हजार रूपियाँ धरौटीमा रिहा गरेको थियो ।