INSEC Online

📅 २०८३ जेष्ठ २१

हत्या घटना आरोपमा दुई जना गिरफ्तार

घोराही उप–महानगरपालिका–१९ की ५५ वर्षीया इन्द्रकुमारी घर्तीको हत्या गरेको आरोपमा प्रहरीले मृतककी बुहारी २३ वर्षीया बसन्ती घर्ती र छिमेकी २२ वर्षीया दुर्गा घर्तीलाई फागुन ५ गते गिरफ्तार गरेको छ ।

इन्द्रकुमारीलाई आरोपित बुहारीले फागुन ४ गते लाठीले प्रहार गरी बेहोस बनाएको र छिमेकी दुर्गाको सहयोगमा राती घर नजिकैको गल्छीमा खसालेर हत्या गरेको  जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी मुकुन्द रिजालले जानकारी दिनुभयो ।

छिमेकीको घरमा न्वारन खान गएकी इन्द्रकुमारी घर नफर्किएपछि परिवारका अन्य सदस्यहरुले खोज्दै जाँदा फागुन ५ गते बिहान शव फेला पारेका थिए ।

घटनाका सम्बन्धमा पीडित पक्षले फागुन ६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् ।

शवको पोष्टमार्टम फागुन ५ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको छ ।

अन्य

भिडियो