INSEC Online

📅 २०८३ जेष्ठ २१

बन्दका कारण संस्थागत विद्यालयकाे पठनपाठन अवरुद्ध

अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) प्रस्ताव संसदबाट पारित गर्न लागेको भन्दै सोको विरुद्ध नेकपा माओवादी केन्द्रको भातृ संगठन योङ्ग कम्युनिष्ट लिग, नेकपा एकिकृत समाजवादीको विद्यार्थी सङ्गठन, नेत्रविक्रम चन्दको नेतृत्वको नेकपा लगायत राजनीतिक दल र तीनका भातृ संस्था लगायत पाँच कम्युनिष्ट पार्टीहरूले फागुन ४ गते गरेको नेपाल बन्दको जिल्लामा मिश्रीत प्रभाव परेको छ ।

बन्दका कारण संस्थागत विद्यालय नखुल्दा ४ हजार भन्दा बढी विद्यार्थीको पठनपाठन अवरुद्ध भयो । कोभिड–१९ का कारण लामो समय बन्द रहेर फागुन १ गतेबाट सञ्चालनमा आएका विद्यालय नेपाल बन्दको कारण पठनपाठन हुन नसकेको हो ।

बिहान सबेरैदेखि चल्ने लामो रुटका दोलखा–बर्दिवास, झापा, वीरगञ्ज, काठमाडौँ रुटमा चल्ने सार्वजनिक यातायातका साधन बिहान ९ बजेसम्म चलेनन् । निजी सवारी भने साधन सामान्य रूपमा सञ्चालनमा आएका थिए ।

बन्द आह्वानकर्ताहरूले सदरमुकाम चरिकोट लगायत जिल्लाका मुख्यमुख्य बजार जिरी, बाघखोर लगायत स्थानमा एमसीसी विरुद्ध प्रचारात्मक भित्तेखन, पम्प्लेटिङ्ग नारा सहितको जुलुस निकालेका थिए । बन्दलाई सफल पार्न बन्दकर्ताहरूले फागुन ३ गते बेलुकादेखि नै आह्वान गर्दै कोणसभा समेत गरेका थिए ।

अन्य

भिडियो