INSEC Online

📅 २०८३ जेष्ठ २१

बन्दकर्ताद्वारा गाडीमा तोडफोड

अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को बिरोधमा उत्रेका बन्दकर्ताहरूले फागुन ४ गते कृषि मन्त्रालयको गाडीमा तोडफोड गरेका छन् ।

बन्दमा सवारी साधन चलाएको भन्दै सुदुरपश्चिम प्रदेशको कृषि मन्त्रालयको ०१–००१ झ ४०१ नम्बरको गाडीमा बैजनाथ गाउँपालिका–५ मैटहवामा  बन्दकर्ताहरूले तोडफोड गरेका हुन् ।

काठमाण्डौबाट धनगढी तर्फ गइरहेको गाडीमा तोडफोड भएको जिल्ला प्रहरी कार्यालय डिएसपी मधुसुधन न्यौपानेले  बताउनु भयो । डिएसपी न्यौपानेका अनुसार गाडीको सिसा फुटेपनि ठुलो क्षति भएको छैन ।

अन्य

भिडियो