INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले कुश्मा नगरपालिका–९ का २० वर्षीय प्रकाश सुनारलाई माघ २९ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले माघ २२ गते दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले आरोपितविरुद्ध माघ २८ गते जिल्ला प्रहरी कार्यालय पर्वतमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालय पर्वतका इन्स्पेक्टर राजेन्द्र अधिकारीले इन्सेक प्रतिनिधिलाई फोन मार्फत जानकारी दिनुभयो ।

प्रहरीले आरोपितविरुद्ध  फागुन १ गते सरकारी वकिल कार्यालय मार्फत बालयौन दुरूपयोग र्शीषक अन्तरगत मुद्दा दर्ता गरी घटनाकाे अनुसन्धान गरिरहेको उहाँले जानकारी दिनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण माघ २९ गते पर्वत अस्पतालमा गरिएको छ ।

अन्य

भिडियो