INSEC Online

📅 २०८३ जेष्ठ २१

घरेलु हिंसा पीडितद्वारा इन्सेकको सहयोगमा मुद्दा दर्ता

घरेलु हिंसा पीडित रूपन्देही जिल्ला मायाँदेवी गाउँपालिका– ८ बसडिलवाकी ३० वर्षीया चन्द्रा खत्रीले इन्सेकको सहयोगमा पति ३६ वर्षीय मोहन खत्री विरूद्ध माघ २७ गते जिल्ला अदालतमा मुद्दा दर्ता गरेकी छन् ।

पीडित र आरोपितबिच ०६५ वैशाख २० गते अन्तर जातीय प्रेम विवाह भएकाे थियो । विवाह भएको तीन वर्ष पछि पीडितलाई आरोपितले  पटक पटक गाली गलौज गर्ने, कुटपिट गर्ने  गरेको पीडितले बताउनु भयो ।

घरमा सासु ससुरा र पतिले बेवास्ता गरे पछि माइतीको साहारा लिएर बस्दै आउनु भएकी खत्रीले मुद्दा  दर्ता गर्नकालागि सहयोग गरी दिन भन्दै इन्सेक कपिलवस्तुमा माघ २५ गते निवेदन दिनु भएको थियो ।

निवेदनको आधारमा इन्सेक जिल्ला प्रतिनिधि पार्वती आचार्यले जिल्ला कानुनी सहायता समितिसँग  समन्वय गरी हिंसा पीडीत महिलालाई मुद्दा दर्ताका लागि सहयोग गरेको हो । पीडितले जिल्ला अदालतमा अंश सम्बन्धी  र सम्बन्ध बिच्छेद मुद्दा दर्ता गरेको छ ।

अदालतमा मुद्दा दर्ता गराउँदा छिटो न्याय पाइने आशाले मुद्दा दर्ता गरिएको पीडितकी आमा लक्ष्मी दर्जीले बताउनु भयो ।

अन्य

भिडियो