डुडुवा गाउँपालिका–६ हिरमिनियाका ४४ वर्षीय मनोरथ धोवीलाई मादक पदार्थ सेवन गरी डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्र चौधरी र शसस्त्र प्रहरीलाई अनावश्यक गाली गलौज गरी हल्ला गरेको आरोपमा माघ १५ गते डुडुवा गाउँपालिका–६ हिरमिनियास्थित सशस्त्रको विओपी कालाबन्जरमा कार्यरत शसस्त्र प्रहरीले कुटपिट गरेको पीडित पक्षको आरोप छ ।
डुडुवा–६ मा रहेको ऐलानी जग्गामा स्थानीयले अतिक्रमण गरेको र उक्त अतिक्रमित जग्गा हटाउने विषयमा पीडितले जथाभावी बोल्न थालेपछि सम्झाउने क्रममा गालामा एक थप्पड हानेको शसस्त्र प्रहरीका सई हर्क थापाले बताउनु भयो ।
डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्र चौधरीले अतिक्रमण गरिएको जग्गा हटाउन भनी दुई महिनादेखि भनिएपनि स्थानीयले अटेर गरेकाले अतिक्रमण जग्गा छोड्न भनी सम्झाएको बताउनु भयो ।
उहाँले पीडितले मादक पदार्थ सेवन गरेर झैझगडा गरी जथाभावी गाली गरेकाले सम्झाउन लाग्दा भुलबस पीडितलाई चोट लाग्न पुगेको बताउनु भयो ।
जग्गा अतिक्रमणको बारेमा बोल्दा सशस्त्र प्रहरीका सईले बोल्न नदिई आपूmलाई कुटपिट गरेको पीडितले जिल्ला प्रतिनिधिसँगका प्रत्यक्ष भेटमा बताउनु भयो ।
उहाँले उक्त घटनाको समयमा आफुले मादकपदार्थ सेवन गरेर गएको स्वीकार गर्दै प्रहरीको कुटाइबाट बायाँ कानको जाली समेत फुटेको बताउनु भयो ।
त्यसैगरि राष्ट्रिय मानव अधिकार आयोग, इन्सेक नेपालगन्ज, मानव अधिकार एलाइन्स, एडभोकेसी फोरमलगायतका सङ्घसंस्थाले घटनाको विषयमा माघ १८ गते अनुगमन गरेका छन् ।
अनुगमनका क्रममा पीडितले मादक पदार्थ सेवान गरी झैझगडा तथा जथाभावी गाली गरेकाले सम्झाउन लाग्दा प्रहरीले कुटपिट गरेको पाइएको मानव अधिकार एलाइन्सका अध्यक्ष प्रभातकुमार ठकुरीले बताउनु भयो ।
उहाँले कुटपिटबाट पीडितको कानमा चोट लागेको बताउँदै जग्गा अतिक्रमण हटाउन खोज्दा विवाद भएको बताउनु भयो ।
अनुगमन टोलीले सशस्त्रको बिओपी कालाबन्जरका इन्स्पेक्टर सन्तोष डागीलाई प्रत्यक्ष भेटेर घटनाको विषयमा छलफल गरेको थियो ।
इन्स्पेक्टर सन्तोष डाँगीले डुडुवा गाउँपालिका–६ का वडा अध्यक्षले पीडितलाई भेट्न नदिएर लुकाउने र आपूmले सम्पर्कमा आउनभन्दा सम्पर्कमा नआई विवादलाई बढाएको बताउनु भयो ।
अनुगमन टोलीमा राष्ट्रिय मानव अधिकार आयोगका रमेश रावल, इन्सेक बाँके जिल्ला प्रतिनिधि स्मृति देवकोटा, मानव अधिकार एलाइन्सका अध्यक्ष प्रभातकुमार ठकुरी, एडभोकेसी फोरमका बसन्त गौतम, थर्डएलाइन्सका आलम खाँको सहभागिता रहेको थियो ।


